|अबा हाम्रो गुल्मी डोट.कॉम को वेबसाइट बदले को छ . हजूर हरू ले पुरानो वेबसाइट खोल्नु भये को छ भने हजूर हरू संग अनुरोध गरिन्छा की हम्रोगुल्मी को नया वेबसाइट खोल्नुहोस www.hamrogulminews.com एस्मा नया न्यूज़ हरू कविता हरू सब छन .....|| साथै www.hamrogulminews.com हेर्दै गर्नुहोला ।

रेडक्रस घमिरको १६ औँ भेला सम्पन्न

पी.एम.मगर गुल्मी फागुन १५
नेपाल रेड्क्रस सोसाईटी घमिर उपशाखा गुल्मीको १६ औँ साधारण भेला आज घमिरमा सम्पन्न भएको छ ।
सभामा वोल्दै प्रमुख अतिथि नेपाल रेडक्रस सोसाईटी, जिल्ला कार्य समितिका सदस्य कृष्ण भण्डारीले रेड्क्रसका आधारभुत सिद्धान्तहरुको वारेमा प्रकाश पार्दै रेडक्रस एउटा परोपकारी संस्था भएकाले सवैले सहयोग गर्दै अगाडी वढाउनुपर्ने वताउनुभएको थियो । साथै उहाँले घमिरमा रेड्क्रसका लागि भवन आवश्यक परेकोले त्यसका लागि जिल्लावाट पनि आवश्यक सहयोग गर्ने वताउनुभएको छ । कार्यक्रममा घमिर गाविस सचिव राजु शर्मा, अर्जै गाविस सचिव चिरञ्जीवि घिमिरे, भुपु गाविस सचिव डिलवहादुर कार्की, नेकपा एमाले गाउँ कमिटी अध्यक्ष दुर्गाप्रसाद घिमिरे, रेडियो रेसुङ्गाका राजेन्द्र पन्थी, संस्थाका सहसचिव सावित्रा लम्साल, कमल लम्साल लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा वोल्ने वक्ताहरुले यस संस्थाको संरक्षण र संवद्धनमा एकजुट भएर लाग्नुपर्ने कुरामा जोड् दिएका थिए । सोही अवसरमा उपशाखाका सह कोषाध्यक्ष पुर्णचन्द्र मगरले आर्थिक वर्ष २०६६/६७ को ७६ हजार ९ सय ६१ रुपैयाँ वरावरको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा नयाँ आजिवन सदस्यलाई प्रमुख अतिथि भण्डारीले प्रमाणपत्र प्रदान गर्दै अन्य व्याक्तित्वलाई समेत आजिवन सदस्यता वन्न आग्रह गर्नुभएको थियो । गाविस सचिव राजु शर्मा र वराहरुख निम्न माध्यमिक विद्यालयका शिक्षक लुमाकान्त लम्साल संस्थाको नयाँ आजिवन सदस्य वन्नुभएको छ ।
उपशाखा घमिरका कार्य समिति सदस्य चेतवहादुर कार्कीको स्वागत मन्तव्यवाट शुरु भएको कार्यक्रम घमिर रेडक्रस उपशाखाका सभापति मानवहादुर खड्काको सभापतित्व तथा संस्थाका सचिव शैलेन्द्र पन्थीको सञ्चालनमा सम्पन्न भएको थियो ।

»बाँकी समाचार रिडमोर मा छ »

0 टिप्पणियाँ:

एक टिप्पणी भेजें

यो साईट एती पटक हेरियो

Web Site Hit Tracking

  © @copyright Hamrogulmionline sewa This site has designed and developed by हाम्रोगुल्मी डट कम 2010

you can go माथि जनुहोस