मलेसियाबाट मानसिक असन्तुलन भई स्वदेश फिर्ता
योगेन्द्र योगी "हिमाल" /मलेसिया फागुन १४
रोल्पा जिल्ला घर भई आज भन्दा ३ वर्ष अगाडी बैदेसिक रोजगारीको सिलसिलामा मलेसिया आइपुगेका प्रेम के.सी मानसिक असन्तुलन भई गत सोमबार स्वदेश फर्किसकेका छन् ।प्रेम के.सी मलेसियाको निलाई शहर स्थित युनाईटेड मोर कम्पनीमा कार्यरत थिए। मानसिक असन्तुलन भएको ४ महिना भएको थियो। निजलाई मलेसियन धामी झाक्री लगायत मेडिकल गर्दा
पनि स्वाथ्यमा सुधार नआएको कारण कम्पनीले घर जाने टिकटको ब्यबस्ता मिलाई दिएको हो ।
उनीले धुम्रपन मध्यपन गरेपछि साथीहरुलाई नराम्रो कुरा भन्ने गाली गर्ने जथाभाबी हिडने गर्थे ।
काठमाडौं देखि घर पुग्ने खर्च न भएको कारण सबै साथीहरु नेपाली,भियतनाम,बंगलादेश र म्यानमार
लगायत साथीहरु बाट रकम उठाई जम्मा आर.एम- ८०० र मलेसिया निलाई स्थित नेपाली एकता
समाज बाट आर.एम ५१ गरी जम्मा आर.एम -८५१ निज प्रेम के.सी लाई हस्तारण गरीएको थियो ।
सो रकम ठाकुर खतिवडा र खडक बहादुर बटालाको सक्रियतामा रकम जम्मा भएको थियो ।
निज प्रेम के.सीले नेपाल पुगी म सकुसल नेपाल आइपुगे भनि पत्रकार योगेन्द्र 'हिमाल' लाई
फोन गरी जानकारी गराएको प्राप्त समाचारमा जनाईएको छ ।
»बाँकी समाचार रिडमोर मा छ »
0 टिप्पणियाँ:
एक टिप्पणी भेजें