|अबा हाम्रो गुल्मी डोट.कॉम को वेबसाइट बदले को छ . हजूर हरू ले पुरानो वेबसाइट खोल्नु भये को छ भने हजूर हरू संग अनुरोध गरिन्छा की हम्रोगुल्मी को नया वेबसाइट खोल्नुहोस www.hamrogulminews.com एस्मा नया न्यूज़ हरू कविता हरू सब छन .....|| साथै www.hamrogulminews.com हेर्दै गर्नुहोला ।

गृह र रक्षा पाउने आशै नगर्नूस् : ज्ञवाली

गुल्मी फाल्गुन १६,एमाले नेता प्रदीप ज्ञवालीले माओवादीलाई रक्षा र गृह मन्त्रालय पाउने आशा नगर्न आग्रह गरेका छन्। माओवादी सैन्य बलको आधारमा स्थापित भएको र अझै पनि जनसेना कायमै रहेको भन्दै उनले यस्तो बताएका हुन। उनले सुरक्षा संवेदनशीलता ख्याल गर्दै माओवादीलाई सुरक्षासँग सम्बन्धित गृह र रक्षा मन्त्रालय नदिने स्पष्ट पारेका हुन्। 'शान्ति प्रकृया टुङ्गो लागेपछि मात्रै माओवादीलाई पूर्ण विश्वास गर्न सकिन्छ', नेपाल पत्रकार महासङ्घ गुल्मीले आइतबार तम्घासमा गरेको पत्रकार सम्मेलनमा बोल्दै एमाले नेता ज्ञवालीले भने- सेना समायोजन र व्यवस्थापनको काम सकिएपछि मात्र शान्ति प्रकृया पूरा हुन्छ, त्योभन्दा अघि गृह र रक्षा पाउने आशा नगर्नूस्।'

उनले माओवादी सेना रहेसम्म अन्य दलसरह माओवादीलाई विश्वास गर्न नसकिने बताए। उनले माओवादीप्रति अन्य दल र जनताको शङ्का कायमै रहेको बताउँदै गृह र रक्षा प्रधान मन्त्रीकै मातहतमा राख्‍ने बताए।

'गृह मन्त्रालय नपाउँदैमा माओवादीले विद्रोहका कुरा गर्नु औचित्यहीन हो', उनले थपे- वर्तमान अवस्थामा माओवादीले भनेजस्तो जनविद्रोहको आधार र औचित्य छैन।
नेता ज्ञवालीले शान्ति र संविधान माओवादीको मूल लक्ष्य हो भने उसले अब उप्रान्त विद्रोहमा जाने कुरा बन्द गर्नुपर्ने बताए। उनले शान्ति प्रकृयाको संवेदनशीलतालाई ध्यानमा राखेर अघि बढ्न आग्रहसमेत गरे।
»बाँकी समाचार रिडमोर मा छ »

0 टिप्पणियाँ:

एक टिप्पणी भेजें

यो साईट एती पटक हेरियो

Web Site Hit Tracking

  © @copyright Hamrogulmionline sewa This site has designed and developed by हाम्रोगुल्मी डट कम 2010

you can go माथि जनुहोस