चार वर्षीय बालकको हत्या
१५ फागुन, पाँचथर ।
पाँचथरको मौवा गाबिस २ गोप्छेमा ४ वर्षीय बालकको हत्या भएको छ । स्थानीय सुरेन्द्र लावतिका ४ वर्षीय छोरा देवीचन्द्रको धारिलो हतियार प्रहारबाट हत्या भएको हो ।हिजो दिउँसो घरमा एक्लै भएका बेला अज्ञात व्यक्तिले उनलाई घरबाट बोलाई केहि टाढा लगेर हत्या गरेको स्थानीयवासीले बताएका छन् । उनको शव घरबाट केहि दुरी शरीरमा हतियार प्रहार गरी हत्या गरीएको अबस्थामा फेला परेको छ ।हत्या कसले र किन गरेको भन्ने थाहा भएको छैन । घटनाका बिषयमा थप अनुसन्धान भैरहेको प्रहरीले बताएको छ ।
»बाँकी समाचार रिडमोर मा छ »
0 टिप्पणियाँ:
एक टिप्पणी भेजें