जनकपुरको अपराजित यात्रा कायमै
वीरगन्ज, फागुन २०– एमजी ट्रफी ट्वान्टी–२० क्रिकेटको बिहीबार अन्तिम लिग खेलमा जनकपुरधामले बैतडीलाई ७ विकेटले हराउँदै अपराजित यात्रा कायम राखेको छ। टस जितेर ब्याटिङ रोजेको बैतडी १५.५ ओभरमा अलआउट हुँदै ७६ रनमा समेटिएको थियो। त्यसको जवाफमा जनकपुरले १३ ओभरमा ३ विकेट गुमाउँदै ७९ रन बनायो।म्यान अफ द म्याच जनकपुरका राज मोहम्मद भए। उनले माथिल्लो चार विकेट लिएका थिए। दुवै टोली यसअघि नै सेमिफाइनल पुगिसकेका छन्।
अर्को खेलमा विराटनगरले काठमाडौंलाई ८ विकेटले पराजित गरेको छ। टस जितेको काठमाडौं १७.२ ओभरमा ८१ रन बनाउँदै अलआउट बनेको थियो। जवाफी ब्याटिङमा विराटनगरले १३.३ ओभरमा २ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको थियो। दुवै टोली सेमिफाइनलबाट बाहिरिसकेका छन्। १४ रन खर्चेर ४ विकेट लिएका विराटनगरका पुष्प थापा म्यान अफ द म्याच भए।
शुक्रबार सेमिफाइनलमा वीरगन्जविरुद्ध बैतडी तथा जनकपुरविरुद्ध भैरहवा प्रतिस्पर्धा गर्ने छन्। वीरगन्ज र जनकपुर अपराजित छन्। »बाँकी समाचार रिडमोर मा छ »
0 टिप्पणियाँ:
एक टिप्पणी भेजें