रमाइलो मान्दै गुल्मी घुम्न जाने कि !
पहाडी क्षेत्रको सुन्दर काखमा अवस्थित गुल्मी जिल्ला प्राकृतिक सुन्दरताले भरिपूर्ण जिल्लाहरूमध्ये एक यो पनि हो । नेपालको चर्चित कालीगण्डकीको तिरमा अवस्थित रुरु धाम, धार्मिक तथा ऐतिहासिक महत्व बोकेको तपोभूमि रेसुंगाको साउने शिवालय, प्रसिद्ध लिच्छिविकालीन राजाहरू बस्ने गरेको चारपालाको दरबार तथा शिवालय त्यहाँका प्रमुख पर्यटकीय स्थल हुन् ।त्यसैगरी पश्चिमाञ्चलको सगरमाथाका रूपमा ख्याति कमाएको रेसुंगा डाँडाका साथै जैविक विविधता र प्राकृतिक सौन्दर्यताले महत्व बोकेको मदाने लेक, टिमुरे लेक, दिव्रुम दह, थाप्लेको लेक, कङके देउरालीजस्ता मनोरम दृश्यले भरिपूर्ण यस जिल्लाको प्रचार–प्रसार हुने यो भने पर्यटन गन्तव्यको लागि उत्कृष्ट हुने थियो । त्यतिमात्र होइन, रेसुंगा डाँडामा निर्माण भएको २ हजार ३ सय ४७ मिटर अग्लो भ्यू–टावरबाट उत्तरमा माछापुच्छ्रे« हिमालसहितका सुन्दर हिमालका दृश्यहरू देख्न सकिन्छ । समय–समयमा चर्चा परिचर्चा कमाउने तथा सदाबहार आगन्तुकको भीड लाग्ने बिचित्र गुफा तथा सिद्धेश्वर गुफा पनि यही जिल्लामा पर्छ ।
यस जिल्लाका प्राकृतिक सम्पदाको प्रचार–प्रसार गर्न सहज हुने तथा जिल्लामा भएका विशेष महत्व बोकेका विषय वस्तुको बजारीकरणमा टेवा पुग्ने भन्दै समाज विकास पर्यटन प्रबद्र्धन तथा वातावरण संरक्षण केन्द्रले यही फागुन १९ देखि २१ गतेसम्म प्रथम गुल्मी पर्यटन महोत्सव गर्दै छ ।
माओवादी अध्यक्ष पुष्पकमल दाहालले उद्घाटन गर्ने कार्यक्रम रहेको उक्त महोत्सवमा गुल्मीको पहिचानलाई बढावा दिन जिल्लाभर रहेका उद्यमी व्यापारी तथा विभिन्न क्षेत्रका व्यक्तिहरूको सहभागिता रहने आयोजकको भनाइ छ ।
आयोजकका अनुसार महोत्सव अवधिभर जिल्लालाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न सरोकारवालको ध्यानाकर्षण गराउने, पर्यटकीय क्षेत्रको खोज तथा अनुसन्धान र प्रचार–प्रसार गर्ने, जिल्लाका एतिहासिक तथा धार्मिक क्षेत्रहरूको संरक्षण, संवद्र्धन एवं प्रवद्र्धन गर्न पुरातात्विक सम्पदाको स्टल रहने छन् ।
साथै मेलामा स्थानीय स्रोत साधनबाट उत्पादित घरेलु सामान, कृषिजन्य पशुजन्य तथा घरेलु उद्योग कथा कुटिर उद्योगबाट उत्पादित सामग्रीलाई विशेष प्राथमिकता दिइने पनि आयोजकले बताए । महोत्सवमा विभिन्न जात जातिहरूमा आधारित स्थानीय खानाको परिकारका स्टल राखिने तथा धार्मिक तथा संस्कृतिमा आधारित झाँकीहरू प्रस्तुत गरिने भएको छ ।
सरकारले मनाउन लागेको पर्यटन वर्षलाई मध्यनजर गर्दै आन्तरिक तथा बाह्य पर्यटक भित्र्याएर जिल्लालाई नमुनाका रूपमा स्थापना गर्न सकिने माओवादी नेता चन्द्रबहादुर थापा सागर बताउँछन् ।
जिल्लाको कला संस्कृतिको पहिचान गरी स्वाधीन अर्थतन्त्रलाई बलियो बनाउन महोत्सवले पहल गर्ने बताउँदै उनले लुकेर रहेको स्थानीय सीपलाई महोत्सवले बजारीकरण गर्न सहज पुग्ने थापाको भनाइ छ । पर्यटन क्षेत्रलाई महत्व दिएर गर्न लागिएको पहिलो महोत्सव भएकाले पर्यटनका लागि उत्कृष्ट गन्तव्यका रूपमा परिचित बनाउने थापाले बताए ।
राजधानीबाट करिब ४ सय किलोमिटर टाढा रहेको उक्त जिल्ला धार्मिक तथा प्राकृतिक रूपमा पनि उत्तिकै चर्चामा आउने रहेको गुल्मीले आन्तरिक तथा बाह्य पर्यटकको समेत मन लोभ्याउन सक्ने स्थानीय बासिन्दाहरू बताउँछन् । कृषिका लागि उपर्युक्त जलवायु भएकाले अधिकांश जनता कृषिमै निर्भर रहेको स्थानीयवासी अन्जना शर्माको भनाइ छ ।
विकासका प्रचुर संभावना हुँदाहुँदै पनि यसक्षेत्र ओझेलमा परेको बताउँदै आयोजक संस्थाका अध्यक्ष अशोक थापाले जिल्लाको समग्र विकास गर्ने चाहनाअनुरूप पहिलो पटक महोत्सवको आयोजना गरिएको जानकारी दिए । पर्यटन वर्षलाई सफल बनाउन तथा यस जिल्लामा लुकेर रहेका कला, सीपको जगेर्ना गर्ने तथा स्थानीय कृषि र साना तथा कुटिर उद्योगबाट उत्पादित हुने सामनको बजारीकरण गर्न सहज हुने पनि थापाले बताए । महोत्सवको सम्पूर्ण तयारी पूरा भएको र पर्यटनको क्षेत्रमा लक्ष्यअनुरूपको सफलता मिल्ने विश्वास लिएको उनको भनाइ छ । »बाँकी समाचार रिडमोर मा छ »
0 टिप्पणियाँ:
एक टिप्पणी भेजें