|अबा हाम्रो गुल्मी डोट.कॉम को वेबसाइट बदले को छ . हजूर हरू ले पुरानो वेबसाइट खोल्नु भये को छ भने हजूर हरू संग अनुरोध गरिन्छा की हम्रोगुल्मी को नया वेबसाइट खोल्नुहोस www.hamrogulminews.com एस्मा नया न्यूज़ हरू कविता हरू सब छन .....|| साथै www.hamrogulminews.com हेर्दै गर्नुहोला ।

अग्नीपिडीतहरुलाई विभीन्न संघ संस्थाहरुले राहत वितरण गरे

चैत्र १५ गुल्मी टोपलाल अर्याल रेडियो स्काई
गत शनिबार आगलागीबाट गाउँ नै ध्वस्त भएको गुल्मीको ठूलोलुम्पेक ८ को गुलुम्दी गाउँका अग्नीपिडीतहरुलाई विभीन्न संघ संस्थाहरुले राहत वितरण गरेका छन् ।आगलागीबाट क्षती भएका ९ घरपरीवारलाई नेपाल रेडक्रस सोसाईटी गुल्मी, जिल्ला प्रशासन कार्यालय र जिल्ला विकाश समिति तथा स्थानिय विभीन्न स्वयंसेवीहरुको तर्फबाट राहत वितरण गरीएको हो । आगलागीको क्षतीको विबरण, अग्नीपिडीतहरुको अबस्था बुझ्न तथा राहत प्रदान गर्न पुगेको टोलीले घटनाको विषयमा जानकारी लिनुका साथै पिडीतहरुलाई राहत प्रदान गरेको थियो । उनीहरुलाई नेपाल रेडक्रस सोसाईटिले त्रिपाल, भाँडाकुँडा, लत्ताकपडा र चिउरा दिएको थियो भने,समस्या नहोस भनेर जिल्ला प्रसासन कार्यालयले राहत कोषबाट प्रतिपरीवार चार हजारका दरले तथा जिल्ला विकास समितिले प्रति परीवार एक हजारका दरले राहत प्रदान गरेको हो ।
। सो गाउँमा भएको आगलागीबाट मित्रलाल तरामु , बसन्त तरामु, गुरु बहादुर तरामु, घन बहादुर तरामु, डिल बहादुर तरामु, सहविर तरामु , तुल्सीराम तरामु , ङङ्गलाल तरामु र फर्सुराम तरामुको घर तथा गोठहरु मा रहेको लत्ताकपडा, काजगपत्र र अनाज, नगद लगायत गरी २० लाख भन्दा बढी क्षती भएको पिडीतले बताएका थिए
»बाँकी समाचार रिडमोर मा छ »

0 टिप्पणियाँ:

एक टिप्पणी भेजें

यो साईट एती पटक हेरियो

Web Site Hit Tracking

  © @copyright Hamrogulmionline sewa This site has designed and developed by हाम्रोगुल्मी डट कम 2010

you can go माथि जनुहोस