दुर्घटनामा एकको मृत्यु, सात गम्भीर
पाँचथर, चैत्र १५ -
पाँचथरको फिदिमदेखि सक्रान्ति जाँदै गरेको को.१ज ३७९ नं.को ट्याक्सी सोमबार साँझ मध्यपहाडी मार्ग अन्तर्गत सक्रान्तिबजारमा दुर्घटनाग्रस्त हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटना परी अन्य सात जना गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा फिदिम-७ की शोभा ढुंगाना छिन् । घाइते सबैलाई राति नै धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ । घाइतेहरुमा ट्याक्सी मालिक योगराज मिश्र, सह-चालक जीवन चम्लागाईं, सक्रान्ति-६ की तुलसा ढकाल, फिदिम-१ की जमुना ओझाको अवस्था गम्भीर छ । दुर्घटनामा परी फिदिम-७ की ६ वषर्ीय अनिता ढुंगाना, ११ वषर्ीय समिर ढुंगाना र सक्रान्ति-६ का ७ वषर्ीय निश्चल ढकाल घाइते बनेका छन् ।
अत्याधिक गतिमा रहेको ट्याक्सीको ब्रेक फेल भएर सडकदेखि ५० मिटर तल खसेको प्रहरीले जनाएको छ । चालकलाई नजिकमा राखेर मालिकले ट्याक्सी चलाएको बेला गाडी पछाडि सरी सडकदेखि झरेको घाइतेहरुले बताएका छन् ।
»बाँकी समाचार रिडमोर मा छ »
0 टिप्पणियाँ:
एक टिप्पणी भेजें