|अबा हाम्रो गुल्मी डोट.कॉम को वेबसाइट बदले को छ . हजूर हरू ले पुरानो वेबसाइट खोल्नु भये को छ भने हजूर हरू संग अनुरोध गरिन्छा की हम्रोगुल्मी को नया वेबसाइट खोल्नुहोस www.hamrogulminews.com एस्मा नया न्यूज़ हरू कविता हरू सब छन .....|| साथै www.hamrogulminews.com हेर्दै गर्नुहोला ।

एसएलसी परीक्षा दोस्रो दिनः बाबु, छोरी र छोरा परीक्षामा

काठमाडौं, चैत्र ११ - एसएलसी परीक्षाको दोस्रो दिन देशभर छिटफुट घटनाबाहेक शान्तिपूर्णरुपमा परीक्षा सकिएको छ । बाबु, छोरी र छोरा परीक्षामा ,संखुवासभा- खाँदबारी- १ का एकै घरका बाबु, छोरी र छोरा एसएलसी परीक्षा लेखिरहेका छन् । बुबा खुला शिक्षातर्फ, छोरी र छोरा नियमिततर्फ प्रवेशिका परीक्षामा सहभागी भएका हुन् । खाँदबारी बजारमा बसन्त थ्रेड एण्ड टेलरिङ चलाएर बसेका गोवर्द्धन (१०५०१९५ सी), उनकी छोरी प्रविना (००५०७०६ एफ) र छोरा प्रविन त्रिखत्री (००५०७३० डी) यसपालीको एसएलसीमा सँगै परीक्षामा सहभागी छन् । गोवर्द्धन ३८, छोरी १६ र छोरा १५ वर्षीय हुन् ।

बुबा गोवर्द्धन हिमालय माविको ख केन्द्र र छोरीछोरा क केन्द्रमा छन् । २०४८ मा नियमिततर्फ एसएलसीमा सहभागी भएका गोवर्द्धन गत वर्षदेखि खुला शिक्षाअन्तर्गत पुनः सहभागी हुन थालेका हुन् । यो पटक एसएलसी उतीर्ण गरेरै छोड्ने लक्षमा रहेका उनी छोरी र छोरासँगै आफूपनि उतीर्ण हुने बताउछन् ।
एसएलसीमा प्रहरीका सहायक निरीक्षक सिताराम पराजुली पनि सहभागी भएका छन् । उनी गतवर्षदेखि खुला शिक्षातर्फबाट परीक्षामा सहभागी बन्दै आएका छन् । जिल्लाका १३ परीक्षा केन्द्रबाट परीक्षामा सहभागी हुन फारम भरेकामध्ये ३८ जना अनुपस्थित भएका छन् । नियमिततर्फ ५ र एक्जाम्टेडमा ३३ जना अनुपस्थित रहेको जिशिअ दामोदर चापागाईले बताए ।जिल्लाबाट नियमिततर्फ २ हजार २ सय ५४ र एक्जाम्टेडतर्फ ३ सय ७५ परीक्षार्थी परीक्षामा सहभागी भएका छन् । शिक्षा कार्यालयका अनुसार दोश्रो दिनको अनिवार्य नेपाली विषयको परीक्षा शान्तिपूर्ण सम्पन्न भएको छ । परीक्षामा १ सय ३० सुरक्षाकर्मी र १ सय ८० जना केन्द्राध्यक्ष, निरीक्षक र सहयोगी परिचालन गरिएको छ ।


संखुवासभाको खाँदबारीस्थित हिमालय माविको परीक्षा केन्द्रमा परीक्षा दिँदै छात्रा प्रविन त्रिखत्री । उनी बाबु र भाइसँगै एसएलसी दिइरहेकी छन् ।

»बाँकी समाचार रिडमोर मा छ »

0 टिप्पणियाँ:

एक टिप्पणी भेजें

यो साईट एती पटक हेरियो

Web Site Hit Tracking

  © @copyright Hamrogulmionline sewa This site has designed and developed by हाम्रोगुल्मी डट कम 2010

you can go माथि जनुहोस