भुतखोलामा डुबेर दुईको मृत्यु
पाल्पा, चैत्र ११ - नुहाउन खोलामा गएका दुई जना किशोरको शुक्रवार दिउँसो डुबेर मृत्यू भएको छ । दोभान गाविस-५ भुतखोलामा गएका रूपन्देही मंङ्गलापुरका १८ बर्षीय विष्णु भण्डारी र सोही ठाउका प्रवेश न्यौपानेको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । डुबेर घाईते भएका उनीहरूको लुम्बिनी अञ्चल अस्पताल बुटवलमा उपचारका क्रममा मृत्यु भएको प्रहरी नायव उपरीक्षक गोविन्द थपलियाले बताए । दुबैजना डुबेको अवस्थामा देखेपछि स्थानीयले प्रहरी चौकी दोभानमा खबर गरेका थिए । प्रहरीले उद्धारगरी अस्पताल पुर्याएका उनीहरुको उपचार गर्ने क्रममा मृत्यु भएको हो »बाँकी समाचार रिडमोर मा छ »
0 टिप्पणियाँ:
एक टिप्पणी भेजें