रक्तश्रावले सुत्केरीको मृत्यु
बागलुङ, चैत्र ११ - कान्तिपुर संवाददाता
सुत्केरी भएपछि अत्याधिक रक्तश्रावको कारण यहाँकी एक महिलाको मृत्यु भएको छ । दुदिलाभाटी-६ की २८ बर्षकी हरीकला थापाको शुक्रवार विहान मृत्यु भएको मृतकका आफन्तले बताए । दोश्रो बच्चा जन्माएकी थापा सामान्य अवस्थामा बागलुङ अस्पतालमा सुत्केरी भएपनि अचानक रगत बग्न थालेपछि मृत्यु भएको हो । रगत बग्न थालेपछि अस्पतालले पोखरा थप उपचारका लागि पठाएको थियो । पोखरा
लैजादै गर्दा बाटैमा मृत्यु भएको थापाकी बहिनी नाताकी सीताले बताइन् ।
भारतीय सेनामा कार्यरत श्रीमान लोकबहादुर घरमा नभएपछि माइतमा बस्दै आएकी थापा विहिवार सुत्केरी गराउन अस्पतालमा आएकी थिइन् । सामान्य अवस्थामा थापाले शिशुको जन्म दिएकोले थप उपचारका लगि अन्यत्र रिफर नगरेको अस्पतालका सिनियर अहेव रामप्रसाद खनालले बताए । थापाले जन्माएको शिशु भने सामान्य अवस्थामा छन् । »बाँकी समाचार रिडमोर मा छ »
0 टिप्पणियाँ:
एक टिप्पणी भेजें