बेपत्ता पाइलटको खोजी जारी
कास्की, फाल्गुन १९ - बेपत्ता बुलगेरियाका पाइलट क्यामेन कुमानोभको खोजीका लागि बिहीबार एभिया क्लबको अल्ट्रालाइट विमान घटना स्थल तर्फ पुगेको छ ।तीन दिन अघि साथीहरूसँगै उडन गएका उनी बेपत्ता भएपछि सम्पर्कमा आएका छैनन् । अहिले उनलाई खोज्न पोखराबाट प्यारामोटर र सशस्त्र र नेपाली सेना समेत जाने तयारी गरेका छन् ।
साहासी हवाई खेल प्याराग्लाइडिङमा उड्न पोखरा आएका क्यामेन बेपत्ता भएका हुन् । उनी हराएको स्थान पोखराबाट ७ घण्टाको दुरीमा अवस्थित छ । एक महिना अगाडि पनि सोही स्थानमा फ्रान्सका ४२ बर्षीय पाईलट जिन डेभिड बेपत्ता भई तीन दिनपछि सकुशल फेला परेका थिए । केही समय यता पोखरामा प्याराग्लाइडिङ र्दुघटना र बेपत्ता हुने क्रम बढीरहेको छ ।
»बाँकी समाचार रिडमोर मा छ »
0 टिप्पणियाँ:
एक टिप्पणी भेजें