गृह नपाए पनि सरकार छाड्दैनौं : दाहाल
गुल्मी फाल्गुन १९,घनश्याम गौतम
माओवादी अध्यक्ष पुष्पकमल दाहालले माओवादीले गृह मन्त्रालय नपाए पनि सरकार नछाड्ने बताएका छन् । ।गुल्मी पर्यटन तथा सांस्कृतिक महोत्सवका उदघाटन गर्न बिहीबार आएका अध्यक्ष दाहालले पत्रकार महासंघ र क्रान्तिकारी पत्रकार संघले आयोजना गरेको पत्रकार सम्मेलनमा अब गृह नपाएकै अवस्थामा पनि माओवादीले सरकार नछोड्ने स्पष्ट पारे । अध्यक्ष दाहालले तत्काल गृह मन्त्रालय नलिए पनि पछि माओवादीलाई नै दिने सहमति भएको जानकारी दिए ।सात बुँदे सहमति जस्तै पछि गृह नपाएमा माओवादीले के गर्छ भन्ने पत्रकारहरुको जिज्ञासामा अध्यक्ष दाहालले भने, 'माओवादी शान्ति र संविधान निर्माणमा मुख्य जिम्मेवार दल हो, आफैले जन्माएको सरकारलाई जस्तो सुकै परिस्थितिमा पनि साथ दिन्छ ।' उनले माओवादी शान्ति र संविधान निश्कर्षमा पुर्याउने उद्देश्यले सरकारमा सहभागी भएको बताए ।यस अघि महोत्सवको उदघाटन गर्दै अध्यक्ष दाहालले माओवादी सरकारमै रहेका बेला नेपालमा पर्यटन वर्ष मनाउन लागिएको र अहिले पनि पर्यटन मन्त्रालय माओवादीकै भागमा परेको जानकारी दिंदै नेपालमा पर्यटन पुर्वाधारका धेरै सम्भावना रहेकाले यसको विकासमा ध्यान दिन जरुरी रहेको बताए । हेलिकोप्टरबाट सदरमुकाम तम्घास आएका दाहाल पार्टीका तर्फबाट मन्त्री छान्न तयार भएको जानकारी दिंदै बिहीबार साँझ नै राजधानी फर्किएका छन् ।
»बाँकी समाचार रिडमोर मा छ »

0 टिप्पणियाँ:
एक टिप्पणी भेजें