कांग्रेसलाई सरकारमा सहभागी गराउने गृहकार्य हुँदैछः ज्ञवाली
बुटवल, फाल्गुन १९ - एमाले नेता प्रदीप ज्ञवालीले झलनाथ खनाल नेतृत्वको सरकारमा कांग्रेसलाई समेत सहभागी गराउन छलफल तथा गृहकार्य सुरु भएको बताएका छन् । प्रेस चौतारी रुपन्देहीले बिहीबार बिहान बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता ज्ञवालीले अब अर्को सरकार निर्माण गरेर शान्ति प्रक्रिया र संविधान निर्माण टुंगोमा पुर्याउन सम्भव नभएकाले कांग्रेसलाई समेत सरकारमा सहभागी गराउने पहल थालेको बताए । दलहरुबीच सरकारमा देखिएका पक्ष प्रतिपक्षको छाँया शान्ति प्रक्रिया र संविधान निर्माणमा देखिने भएकाले यसबाट बच्न कांग्रेसलाई प्रतिपक्षमा राख्नुको साटो सरकारमै ल्याएर सहमतीको सरकार बनाउनु पर्ने उनको तर्क छ । उनले भने,‘ त्यो कुरा डेढ वर्ष माओवादीलाई सरकारमा सामेल नगराउँदा अनुभव गर्यौ । ’
नेता ज्ञवालीले कांग्रेसलाई सरकारमा ल्याउन उसलाई गृह, रक्षा जस्ता सुरक्षा सम्बन्धी मन्त्रालयसमेत दिन सकिने स्पष्ट पारे ।
पत्रकारले गरेको जिज्ञासामा नेता ज्ञवालीले माओवादी अध्यक्ष प्रचण्डले बेलाबेलामा दिने जन विद्रोहको कुनै तुक नरहेको बताए । उनले माओवादी सहित वर्तमान संसदमा रहेका ९९ प्रतिशत दल आन्दोलन गरेरै आएकाले आफ्नै आन्दोलनबाट प्राप्त उपलब्धी रक्षा गर्नुको साटो कथित आन्दोलनको गर्छु भन्नुको कुनै अर्थ नभएको बताए ।
»बाँकी समाचार रिडमोर मा छ »

0 टिप्पणियाँ:
एक टिप्पणी भेजें