|अबा हाम्रो गुल्मी डोट.कॉम को वेबसाइट बदले को छ . हजूर हरू ले पुरानो वेबसाइट खोल्नु भये को छ भने हजूर हरू संग अनुरोध गरिन्छा की हम्रोगुल्मी को नया वेबसाइट खोल्नुहोस www.hamrogulminews.com एस्मा नया न्यूज़ हरू कविता हरू सब छन .....|| साथै www.hamrogulminews.com हेर्दै गर्नुहोला ।

नवनिर्वाचित केन्द्रीय सदस्य घिमिरेलाई स्वागत

गुल्मी,१५ चैत्र,पि.एम.मगर
गुल्मी जिल्लावाट पहिलो पटक नेपाल प्रेस युनियनको केन्द्रीय सदस्य पदमा निर्वाचित हुनुभएकोमा नेपाल पत्रकार महासंघ गुल्मीका पुर्व सभापति जनार्दन घिमिरेलाई वधाई तथा शुभकामना दिने कार्यक्रम सोमबार सम्पन्न भएको छ ।
नेपाल प्रेस युनियन गुल्मीले आयोजना गरेको शुभकामना तथा वधाई कार्यक्रममा उहाँलाई नेपाल प्रेस युनियन गुल्मीलका सल्लाहकार शालिक पन्थी, अर्का सल्लाहकार रेशम कुवँर, नेपाल प्रेस युनियन गुल्मीका अध्यक्ष हरीकुमार श्रेष्ठ, नेपाली काँग्रेस तमघास गाउँ समितिका कोषाध्य प्रकाश भलामी लगायतले कार्यकालको सफलताको कामना गर्दै वधाई मन्तव्य व्यक्त गर्नुभएको थियो ।सोही अवसरमा गुल्मी जिल्लाको पत्रकारिताको विकासका एजेण्डाहरुलाई केन्द्रीय स्तरसम्म पुर्याइ जिल्लालाई सहयोग गर्न साथै पत्रकारिता क्षेत्रमा अनवरत रुपमा लागिरहन समेत आग्रह गर्नुभएको थियो । सोही अवसरमा सम्मानित हुनुभएका केन्द्रीय सदस्य घिमिरेले जिल्लाको पत्रकारिताको क्षेत्रमा आफु सधै भरि लडिरहने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो ।सोही अवसरमा उपस्थित संपुर्ण अतिथि तथा कार्य समितिका संपुर्ण पदाधिकारीहरुले अविर तथा पुष्पगुच्छाद्धारा घिमिरेलाई शुभकामना व्यक्त गरेका थिए । कार्यक्रम युनियनका अध्यक्ष हकिुमार श्रेष्ठको सभापतित्व तथा सचिव पि.एम.मगरको सञ्चालनमा सम्पन्न भएको थियो । »बाँकी समाचार रिडमोर मा छ »

0 टिप्पणियाँ:

एक टिप्पणी भेजें

यो साईट एती पटक हेरियो

Web Site Hit Tracking

  © @copyright Hamrogulmionline sewa This site has designed and developed by हाम्रोगुल्मी डट कम 2010

you can go माथि जनुहोस