कोरियाका नेपालीमाथि धरपकड सुरु
१७ फागुन, काठमाण्डौ । प्रशिक्षार्थी कामदार भिषामा दक्षिण कोरिया पुगेका दश नेपालीलाई कोरियाली अध्यागमन अधिकारीहरुले यसै हप्ता काम गरिरहेको कम्पनीबाटै पक्राउ गरेका छन् ।अघिल्लो सनिवार पक्राउ परेका अधिकांश नेपालीहरु यसअघि कोरियामा अबैधानिकरुपमा बसोवास गरि पक्राउ परेर नेपाल फर्काइएका थिए । कोरिया सरकारले अबैधरुपमा कोरिया बसेका कामदारलाई स्वदेश फर्किएर सोही पासपोर्टमा इपिएस अन्र्तगत कोरिया आउने अबसर दिएको थियो । यसपटक पक्राउ परेका अधिकांश पहिले कोरिया बसि कोरिया सरकारको नीति बमोजिम पुनः इपिएसमार्फत कोरिया पुगेका नेपाली रहेको बताइएको छ ।
पछिल्लो एकसाता यता कोरियामा बिदेशी कामदारमाथि ब्यापक धरपकड भइरहेको छ । यसअघि अबैधरुपमा बसोवास गरेकामाथि धरपकड गरिरहेको अध्यागमनले यसपटक बैधानिक भिषा भएपनि पासपोर्ट परिवर्तन गरेका, जन्ममिति सच्चाएकाहरुलाई पक्राउ गरिरहेको छ ।
फर्जी कागजपत्र र गलत जन्ममिति उल्लेख गरेको अभियोगमा ती नेपालीहरु पक्राउ परेको सिउलस्थित नेपालीदूतावास स्रोतले जानकारी दियो । पक्राउ परेकामध्ये २ जनालाई नेपाल फकाईसकिएको र अन्यलाई फिर्ता पठाउने प्रकृया चलिरहेको बताइएको छ । »बाँकी समाचार रिडमोर मा छ »
0 टिप्पणियाँ:
एक टिप्पणी भेजें