|अबा हाम्रो गुल्मी डोट.कॉम को वेबसाइट बदले को छ . हजूर हरू ले पुरानो वेबसाइट खोल्नु भये को छ भने हजूर हरू संग अनुरोध गरिन्छा की हम्रोगुल्मी को नया वेबसाइट खोल्नुहोस www.hamrogulminews.com एस्मा नया न्यूज़ हरू कविता हरू सब छन .....|| साथै www.hamrogulminews.com हेर्दै गर्नुहोला ।

बम विष्फोटमा घाइतेको मृत्यु

बुटवल , चैत्र १४ -
बुटवलमा आइतबार साँझ भएको बम विष्फोटमा घाइते भएका मध्ये एक जनाको मृत्यु भएको छ । अन्य २२ जनाको उपचार भइरहेको छ । बुटवलमा उपचार हुन नसकेपछि थप उपचारकालागि काठमाडौं लैजादैं गर्दा पहिचान नखुलेका अन्दाजी ३५ वर्षीय एक पुरुषको चितवनमा राति मृत्यु भएको इलाका प्रहरी कार्यालयका डिएसपी दान बहादुर कार्कीले बताए । घटनामा परि गम्भीर घाइते भएका ७ जनाको काठमाडौं र चितनवनमा उपचार भइरहेको प्रहरीले जनाएको छ । अन्य १२ जना घाइतेको भने बुटवलमै उपचार भैरहेको छ । आइतबार साँझ भैरहवाबाट बुटवल आउदै गरेको लु १ ख ३६६६ नम्बरको माइक्रोबसमा बुटवलको मीलनचौकस्थित मीलन चलचित्र अगाडि वम विष्फोट गराइएको थियो । विष्फोट कसले किन गराएको हो भन्ने खुल्न नसकेको प्रहरीले जनाएको छ । बस बुटवल आउनु पुर्व भैरहवा बसपार्कमा पार्किड गरेको बेला कसैले झोला राख्ने नाममा बम राखेको हुनसक्ने प्रहरीले आशंका गरेको छ । बम विष्फोटपछि बुटवलवासी आतंकीत भएकाछन् । बुटवल र आसपासका क्षेत्रमा व्यापक प्रहरी परिचालन गरिएको छ । »बाँकी समाचार रिडमोर मा छ »

0 टिप्पणियाँ:

एक टिप्पणी भेजें

यो साईट एती पटक हेरियो

Web Site Hit Tracking

  © @copyright Hamrogulmionline sewa This site has designed and developed by हाम्रोगुल्मी डट कम 2010

you can go माथि जनुहोस