|अबा हाम्रो गुल्मी डोट.कॉम को वेबसाइट बदले को छ . हजूर हरू ले पुरानो वेबसाइट खोल्नु भये को छ भने हजूर हरू संग अनुरोध गरिन्छा की हम्रोगुल्मी को नया वेबसाइट खोल्नुहोस www.hamrogulminews.com एस्मा नया न्यूज़ हरू कविता हरू सब छन .....|| साथै www.hamrogulminews.com हेर्दै गर्नुहोला ।

गुल्मी विकास बैङ्गद्धारा बिमा बापतको १ लाख हस्तान्तरण

शिबलाल सुबेदी गुल्मी चैत्र १४,
जिप दुर्घटनामा परि मुत्यु भएका तुराङ गा.वि.स. वार्ड नं. १ गुल्मीका खगेस्वर अर्यालकी पत्नी सावित्रादेवी अर्याललाई गुल्मी विकास बैंकले आज एक कार्यक्रम गरी बिमा बापतको एक लाख रुपैया हस्तातरण गरेको छ ।
पाल्पा जिल्लाको मस्याम गा.वि.स.को वार्ड नं.४ केरावारीमा मिति २०६७÷०९÷०९का दिन लु १ च ३६६९ नम्बरको जिप दुर्घटनामा परी अर्यालको मुत्यु भएको थियो । आज एक कार्यक्रममो आफ्नो मजुवा शाखाबाट बैंकका प्रमुख कार्यकारी अधिकृत चिरञ्जीवी शर्माले बिमा बापतको उक्त रकम हस्तातरण गर्नु भएको हो । कार्यक्रममा बैंकका सञ्चालक रामप्रसाद पन्थीले बैंकले आफ्नो नियमित वित्तीय कारोवारको साथै सामाजिक कार्यहरु पनि गर्दै आएको ंजानकारी गराउँदै सबै व्यक्तिहरुलाई गुल्मी विकास बैंकमा खाता खोल्न आग्रह गर्नु भएको थियो । साथै उहाँले सबै व्यक्तिहरुले आर्थिक कारोवार गर्दा सुरक्षाको व्यवस्था गर्नुपर्ने उल्लेख गर्दै ग्राहकहरुको सुविधाको लागि भृकुटी विकास बैंक स“गको सहकार्यमा एक ठाउँबाट अर्को ठाउँमा रकम पठाउँदा निशुल्क गर्ने व्यवस्था भएको जानकारी समेत गराउनु भएको थियो । न्यूनतम रु १००। रुपियाँ राखी खाता खोल्ने ग्राहकहरुका लागि गुल्मी विकास बैंकले बैंकको आफ्नै खर्चमा सबै ग्राहकहरुको रु.१,००,०००। (एक लाख) बरावरको दुर्घटना वीमा गरिदिने व्यवस्था गरेको छ । मजुवा बजार विकास समितिका अध्यक्ष श्री विष्णु गौतमको सभापतित्व रहेको कार्यक्रमको सञ्चालन समाजसेवी सोमनाथ सापकोटाले गर्नुभएको थियो । कार्यक्रममा मजुवा बजारका व्यापारी, बुद्धिजीवी, समाज सेवी, शिक्षक, बिद्यार्थी सर्वसाधारण लगायतको उपस्थिति रहेको थियो ।
»बाँकी समाचार रिडमोर मा छ »

0 टिप्पणियाँ:

एक टिप्पणी भेजें

यो साईट एती पटक हेरियो

Web Site Hit Tracking

  © @copyright Hamrogulmionline sewa This site has designed and developed by हाम्रोगुल्मी डट कम 2010

you can go माथि जनुहोस