|अबा हाम्रो गुल्मी डोट.कॉम को वेबसाइट बदले को छ . हजूर हरू ले पुरानो वेबसाइट खोल्नु भये को छ भने हजूर हरू संग अनुरोध गरिन्छा की हम्रोगुल्मी को नया वेबसाइट खोल्नुहोस www.hamrogulminews.com एस्मा नया न्यूज़ हरू कविता हरू सब छन .....|| साथै www.hamrogulminews.com हेर्दै गर्नुहोला ।

बुटवलमा बम विस्फोट, कम्तीमा १९ जना घाईते

सी.पी. खनाल,१४ चैत,बुटवल
बुटवलको मिलनचोकमा आज बेलुका बम विस्फोट हुदा कम्तीमा १९ जना घाईते भएका छन् । घाईतेमध्ये ४ जनाको अवस्था गम्भीर रहेको छ ।प्रहरीका अनुसार रुपन्देहीको भैरहवाबाट बुटवलतर्फ आईरहेको लु १ ख ३६६६ नं को माईक्रोबसमा राखिएको बम बेलुका ६ बजेतिर विस्फोट भएको हो । बुटवलको मिलनचोकस्थित मिलन चलचित्र मन्दिर अगाडि राजमार्गमा भएको बम विस्फोटका घाईतेहरुलाई लुम्बिनी अञ्चल अस्पतालमा लगिएको छ । घाईतेमध्ये कतिपय अंगभंग भएका छन् ।अहिले मिलनचोक र आसपासमा बाक्लो रुपमा सुरक्षाकर्मी परिचालन गरिएको छ । प्रहरीले थप दुर्घटना हुन नदिन सुरक्षा सर्तकता अपनाएको छ । बसमा लागेृको आगो दमकलले नियन्त्रणमा लिएको छ ।प्रत्यक्षदर्शीका अनुसार भैरहवाबाट बुटवलका लागि हिडेको माईक्रोबसको पछाडिको भागमा रहेको बम बुटवल मिलनचोकमा यात्रुलाई ओराल्ने क्रममा सामान निकाल्दै गर्दा विस्फोट भएको हो । सो माईक्रोबसमा कति यात्रु सवार थिए भन्नेबारेमा केही खुल्न सकेको छैन । सुरक्षा मजबुत पार्न र घाईतेको उद्धार गर्न व्यस्त रहेकाले प्रहरीले आधिकारिक जानकारी दिने सकेको छैन ।
यस्तै रुपन्देहीको भैरहवा लुम्बिनी सडकखण्डको गोनााहा ४ बेथरीभन्दा उत्तरपट्टि प्लाष्टिकको बोरामा बेरेर राखिएको बेवारिसे बम फेला परेको छ । बेवारिसे बम बुटवलबाट गएको नेपाली सेनाले निस्क्रिय पारेको छ । बम राखिएको स्थानमा जनतान्त्रिक तराई मधेश मुक्ति पार्टीको पर्चा फेला परेको छ ।
»बाँकी समाचार रिडमोर मा छ »

0 टिप्पणियाँ:

एक टिप्पणी भेजें

यो साईट एती पटक हेरियो

Web Site Hit Tracking

  © @copyright Hamrogulmionline sewa This site has designed and developed by हाम्रोगुल्मी डट कम 2010

you can go माथि जनुहोस