प्रथम गुल्मी पर्यटन तथा सांस्कृतिक महोत्सवको आज अन्तिम दिन, विभिन्न कलाकार मनोज गजुरेलको विशेष प्रस्तुती
विष्णु पौडेल, गुल्मी फाल्गुन २१
प्रथम गुल्मी पर्यटन तथा सांस्कृतिक महोत्सवको आज अन्तिम दिन पनि विभीन्न सांस्कृतिक कार्यक्रम सञ्चालन भईरहेका छन् । बिहीबार देखि शुरु भएको उक्त महोत्सवको अन्त्तिम दिन आज विभिन्न राष्ट्रिय स्तरका कलाकारको बिशेष प्रस्तुति रहेको छ । समाज विकास पर्यटन प्रवद्धन तथा वातावरण संरक्षण केन्द्र गुल्मीले आयोजना गरेको महोत्सवमा आज राष्ट्रिय स्तरका कलाकार बम बहादुर कार्की ,बैकुण्ठ महत, शिवा आले, जन गायक जिवन शर्मा लगायतका कलाकारको विशेष प्रस्तुति रहेको आयोजकले जनाएको छ । आज आकर्षक प्रस्तुति हास्यब्यङ्ग कलाकार मनोज गजुरेलको रहेको छ । महोत्सवको एकिकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले उद्घाटन गर्नु भएको थियो । महोत्सवमा विभिन्न कृषि क्षेत्रका ६० वटा स्टल राखिएको छ । आज अन्तिम दिन जिल्लाका पर्यटकिय स्थलहरुको फोटो र भिडियोबाट जानकारी, कृषि क्षेत्रको प्रवर्धन तथा प्रदर्शन, विभिन्न जातीय पहिचानका आधारमा झा“की र संस्कृति प्रदर्शन समेत गरिने आयोजकले वताएको छ । »बाँकी समाचार रिडमोर मा छ »
0 टिप्पणियाँ:
एक टिप्पणी भेजें