|अबा हाम्रो गुल्मी डोट.कॉम को वेबसाइट बदले को छ . हजूर हरू ले पुरानो वेबसाइट खोल्नु भये को छ भने हजूर हरू संग अनुरोध गरिन्छा की हम्रोगुल्मी को नया वेबसाइट खोल्नुहोस www.hamrogulminews.com एस्मा नया न्यूज़ हरू कविता हरू सब छन .....|| साथै www.hamrogulminews.com हेर्दै गर्नुहोला ।

लोडसेडिङले सम्बन्धबिच्छेद हुने खतरा

२० फागुन, काठमाडौं । माफ गर्नुहोला तपाईंले सम्पर्क गर्न खोज्नुभएको मोबाइलको स्विच अफ गरिएको छ ।नेटवर्कका कारण हो कि भन्दै पुनः रिडायल गर्दा समेत ‘माफ गर्नुहोला तपाईंले सम्पर्क………………….’ नै आउने गर्छ । यहाँस्थित धेरैजसो मोबाइलकर्ता माथिको वाक्यांशबाट यतिबेला हैरानी ब्यहोर्न बाध्य छन् । आफूहरुले कुराकानी गर्न चाहेको व्यक्तिको मोबाइल स्विच अफ भएपछि धेरै मोबाइलकर्ताले हैरानी ब्यर्होनुपरेको हो ।

धेरैजसोको मोबाइल स्विच अफ हुनाको प्रमुख कारण नेपाल विद्युत् प्राधिकरणले गरेको दैनिक १४ घन्टासम्मको विद्युत् कटौती (लोडसेडिङ) नै हो । नयाँबानेश्वरस्थित सडक पेटीमा मकै पोल्दै गरेकी ३२ वर्षीय ललिता थामामगरले आफ्नो मोबाइल सधैाजसो स्विच अफ हुने गरेको बताउनुभयो । ‘बत्ती कहिले हुन्छ, कहिले हुादैन, बत्ती भएको अवसर पारेर मोबाइल चार्जमा राखे पनि एक दिन पनि चार्ज नटिक्ने भएकाले मोबाइल प्रायःगरी स्विच अफ हुने गर्छ’ उहाँले भन्नुभयो ।

‘ग्राहकले मकै पोलेर घरमै ल्याइदिनू भनेर फोन गर्छन्, तर लोडसेडिङका कारण मोबाइल चार्ज गर्न पाइादैन’, उहाँले भन्नुभयो-’अहिले त पोलेको मकैको बिक्री पनि घटेको छ ।’

संयुक्त अरब इमिरेट्स -युएइ) को कुनै कम्पनीमा कार्यरत आफ्ना श्रीमान्ले बारम्बार ‘मोबाइल स्विच अफ किन राखेको’ भनी गाली गरेको घटना सम्झँदै कोटेश्वरकी सुष्मा अधिकारीले भन्नुभयो- ‘दिउासो मोबाइल स्विच अफ हुन्छ, राति पनि कुनै बेला बत्ती हुँदैन, लोडसेडिङले गर्दा हाम्रो सम्बन्धबिच्छेद हुन लागिसक्यो ।’

लोडसेडिङबाट पुरै क्षेत्र सन्नाटामय बनेको हालको परिस्थितिमा मोबाइलकर्तार्लाई समेत लोडसेडिङ टाउको दुखाइको विषय बन्नु अस्वाभाविक होइन ।

अध्ययनका क्रममा हाल सामाखुसी बस्दै आएका विनोद मास्के भने सधैँ दुईवटा मोबाइल साथमा लिएर हिँड्ने गर्नुहुन्छ । मास्के वैकल्पिक रुपमा प्रयोगमा ल्याउन सकिने हुँदा अरूलाई पनि भ्याएसम्म सधैा दुईवटा मोबाइल बोक्न सुझाव दिनुहुन्छ ।

समाजसेवी रामजीप्रसाद दाहालले भन्नुभयो- ‘मोबाइल र चार्जर साथमै लिएर हिाड्ने र जहाँ अनुकूल मिल्यो त्यहीँ चार्ज गर्नाले मेरो मोबाइल लामो समयसम्म स्विच अफ हुादैन ।’

मोबाइल स्विच अफ हुनाले कतिको जागिर छुट्नसक्छ, कतिको नातागोतासँग भेटघाट छुट्नसक्छ , कतिको मिटिङ छुट्नसक्छ , कतिको महत्वपूर्ण खबर छुट्न सक्छ, भनी साध्यै छैन ।

बजारमा इन्भर्टर तथा छुट्टै मोबाइलको ब्याट्री चार्ज गर्न मिल्ने चार्जर किन्न पाइन्छ । सबैसँग इन्भर्टर र ब्याट्री चार्जर किन्ने क्षमता नहुँदा र लामो समयसम्मको लोडसेडिङका कारण अधिकांश मोबाइलकर्ता मोबाइल स्विच अफ राख्न बाध्य छन् ।
»बाँकी समाचार रिडमोर मा छ »

0 टिप्पणियाँ:

एक टिप्पणी भेजें

यो साईट एती पटक हेरियो

Web Site Hit Tracking

  © @copyright Hamrogulmionline sewa This site has designed and developed by हाम्रोगुल्मी डट कम 2010

you can go माथि जनुहोस