|अबा हाम्रो गुल्मी डोट.कॉम को वेबसाइट बदले को छ . हजूर हरू ले पुरानो वेबसाइट खोल्नु भये को छ भने हजूर हरू संग अनुरोध गरिन्छा की हम्रोगुल्मी को नया वेबसाइट खोल्नुहोस www.hamrogulminews.com एस्मा नया न्यूज़ हरू कविता हरू सब छन .....|| साथै www.hamrogulminews.com हेर्दै गर्नुहोला ।

गुल्मीका प्रत्रकारहरु एकजुट हुनुपर्नेमा जोडः गौतम

शिबलाल सुबेदी ,गुल्मी चैत्र १६,
नेपाल पत्रकार महासघ गुल्मीका अध्यक्ष घनश्याम गौतमले गुल्मकिो पत्रकारीताको बिकासका लागि सबै क्रियासिल पत्रकारहरु एक जुट भएर लाग्नु पर्ने बताृउनु भएको छ । नेपाल पत्रकार महासघको ५६ औ स्थापना दिवसको अवसरमा नेपाल पत्रकार महासघ गुल्मी शाखाले आयोजना गरेको प्रभातफेरी कार्यक्रम पछि भएको कोण सभामा अध्यक्ष गौतमले यस्तो बताउनु भएको हो । कार्यक्रममा महासघ गुल्मीका पुर्व सभापती जनार्दन घिमीरे, प्रेस चौतारी गुल्मीका उपाध्यक्ष लोकनाथ आचार्य, प्रेस युनियन गुल्मीका उपाध्यक्ष छवि पाण्डे, कान्त्रिकारी पत्रकार सघंका सयोजक प्रेम सुनार , लगायतले पनि बोल्दै पत्रकारहरुका अक र अधिकारका लागि सबै एकजुट भएर लाग्नु पर्ने कुरामा जोड दिनु भएको थियो । साथै सोही अवसरमा पत्रकार महासघ गुल्मी शाखाका पुर्व अध्यक्ष जनार्दन घिमीरेलाई प्रेस युनियनको हाले सम्पन्न महाधिबेशनबाट केन्द्रिय सदस्यमा निवाचित हुनुभएकोमा बधाई तथा सफल कार्यकालको शुभकामना ब्यक्त गरिएको थियो । कार्यक्रममा जिल्लामा क्रियाशिल सम्पुर्ण पत्रकारहरुको उपस्थिती रहेको थियो । कार्यक्रम नेपाल पत्रकार महासघ गुल्मीका अध्यक्ष घनश्याम गौतमको अध्यक्षता र सचिव भरत पाण्डेको सञ्चालनमा सम्पन्न भएको थियो ।
»बाँकी समाचार रिडमोर मा छ »

0 टिप्पणियाँ:

एक टिप्पणी भेजें

यो साईट एती पटक हेरियो

Web Site Hit Tracking

  © @copyright Hamrogulmionline sewa This site has designed and developed by हाम्रोगुल्मी डट कम 2010

you can go माथि जनुहोस