|अबा हाम्रो गुल्मी डोट.कॉम को वेबसाइट बदले को छ . हजूर हरू ले पुरानो वेबसाइट खोल्नु भये को छ भने हजूर हरू संग अनुरोध गरिन्छा की हम्रोगुल्मी को नया वेबसाइट खोल्नुहोस www.hamrogulminews.com एस्मा नया न्यूज़ हरू कविता हरू सब छन .....|| साथै www.hamrogulminews.com हेर्दै गर्नुहोला ।

एसएलसीको पहिलो दिन गुल्मीमा १ दर्जन भन्दाबढी परिक्षार्थी निष्कासित

शिबलाल सुबेदी गुल्मी चैत्र १०,
आजबाट शुरु भएको एसएलसी परिक्षाको पहिलो दिन गुल्मीका बिभिन्न परिक्षाकेन्द हरुबाट १ दर्जन भन्दा बढी बिद्यार्थीहरु निष्कासित भएका छन ।
परीक्षाको आज पहिलो दिन अनिवार्य अङ्ग्रेजि विषयको परीक्षा दिईरहेका १ दर्जन भन्दा बढी परिक्षार्थीहरु लाई परिक्षको मर्यादा विपरिीत काम गरेको भन्दै जिल्ला शिक्षा कार्यलयले निष्कासन गरेको हो । यसरी परीक्षामा अमर्यादीत काम गरेको भन्दै पृथ्वी माध्यमिक परिक्षा केन्द्र वडागाउवाट परिक्षा दिइरहेका २ जना, हर्मीचौर उच्च माध्यमिक परिक्षा केन्द्रवाट ६ जना, उदय उच्च माध्यमिक परिक्षाकेन्द्र अश्लेवावाट २ जना, तम्घास परिक्षा केन्द्र अन्र्तगत महेन्द्र उच्च माध्यमिक तम्घास केन्द्र ग वाट १ जना, रुन्खा दह उच्च माध्यमिक पपिरक्षा केन्द्रवाट २ जना गरि १३ जना परीक्षार्थीलाई परिक्षाको मर्यादा विपरीत काम गरेकोले आजको परीक्षा वाट निष्कासित गरीएको जिल्ला शिक्षा अधिकारी चन्द्रकान्त भुसालले जानकारी दिनुभएको छ ।गुल्मी जिल्लामा परिक्षाका लागि सदरमुकाम तमघासमा ३ सहित २८ वटा परिक्षा केन्द्र निर्धारण गरीएको थियो । एसएलसी परीक्षामा गुल्मीका ९८ वटा सामुदायिक विद्यालय र १२ वटा संस्थागत विद्यालय गरी १ सय १० विधालयका ७ हजार ३ सय ४५ जना विधार्थी सहभागी हुने भएका छन । जसमा नियमीत तर्फ ४ हजार ५ सय २३ जना रहेका छन भने एक्जाम्टेड तर्फ २ हजार ८ सय २२ जना परिक्षार्थीहरु रहेका छन । त्यस्तै जनज्योती उच्च माध्यमिक रिमुवा गुल्मीका ४ जना दृष्टिविहिन परिक्षर्थीहरुले पनि जनवोध उच्च माध्यमिक बिद्यालय वम्घाको केन्द्रवाट परीक्षा दिईरहेका छन । चारै जना का लागि छुट्टै कक्षा र लेख्नकालागि कक्षा नौ का ४ जना विधार्थीको व्यवस्था गरीएको रीमुवाकि स्रोत शिक्षक पम्फा दङ्गालले जानकारी दिनुभएको छ । त्यस्तै ११ जना विद्यार्थीले प्राईभेट परीक्षा दिदैछन् । भने गुल्मी कारागार शाखावाट पनि एक जना परीक्षामा सहभागी भएका छन् ,। तम्घास केन्द्र अन्र्तगत रहेको सिद्धबाबा उच्च माध्यमिक बिद्यालयका रहेको केन्द्रमा उनको केन्द्र परेता पनि उनलाई कारागार मै परीक्षा दिने व्यवस्था मिलाईएको जिल्ला शिक्षा कार्यलय गुल्मीले जनाएको छ । परीक्षालाई मर्यादित र अनुशासित वनाउन जिल्ला शिक्षा अधिकारी चन्द्रकात भुसालले सवै पक्षसँग आग्रह समेत गर्नुभएको छ । परीक्षालाई मर्यादीत र व्यास्थीत पार्नका लागि गुल्मीमा २८ केन्द्राध्यक्ष र ३७ सहायक केन्द्राध्यक्ष तोकिएको छ । एसएलसी परीक्षा समन्वय समिति मार्फत जिल्ला शिक्षा कार्यालय गुल्मीले जिल्लाका पत्रकार, सञ्चारकर्मी तथा विभिन्न क्षेत्रवाट सक्रिय रुपमा पत्रकारीता गर्दै आएका सञ्चारकर्मी तथा पत्रकार हरुलाई परीक्षा मर्यादित र अनुसासन रुपले सम्पन्न गर्नका लागि पत्रकार पासको समेत ब्यवस्था गरेको छ ।
»बाँकी समाचार रिडमोर मा छ »

0 टिप्पणियाँ:

एक टिप्पणी भेजें

यो साईट एती पटक हेरियो

Web Site Hit Tracking

  © @copyright Hamrogulmionline sewa This site has designed and developed by हाम्रोगुल्मी डट कम 2010

you can go माथि जनुहोस