काठमाण्डौमा सवारी दुर्घटना हुँदा दुईको मृत्यु
१९ फागुन, काठमाण्डौ । राजधानीमा गएराति भएको सवारी दुर्घटनामा २ जनाको मृत्यु भएको छ । ताहाचलमा बा ३१ प ५४७० नम्वरको मोटरसाइकलको ठक्करबाट सुनसरी घर भई ताहाचल बस्ने ४० वर्षीया मेनुका आचार्यको मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका उनको ब्लु क्रस नर्सिङ्ग होम त्रिपुरेश्वरमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएका १२ वर्षीया अनिष अधिकारीको ब्लु क्रसमै उपचार भइरहेको छ । यस्तै किर्तिपुरको चोभार डाँडामा बा २ ख ४८५४ नम्वरको मिनिट्रक अनियन्त्रीत भई पल्टिदा एक जनाको मृत्यु भएको छ । मृतकको सनाखत हुन सकेको छैन । दुर्घटना घाइते भएकाहरुको वीर अस्पतालमा उपचार भइरहेको छ । »बाँकी समाचार रिडमोर मा छ »
0 टिप्पणियाँ:
एक टिप्पणी भेजें