छोरा र छोरीसँगै आमा पनि एसएलसीमा
१३ चैत्र, सल्यान ।
सल्यानकी एक महिलाले आफ्ना दुई सन्तानहरुसँग एसएलसी परीक्षा दिइरहेकी छन् । जिल्लाको दुर्गम गाविस कोटबारा ९ कि ४० वषिर्य दीपा नेपालीले आˆनी छोरी र छोरासँगै एसएलसी परीक्षा दिईरहेकी हुन् ।उनले छोरा चन्द्र र छोरी चन्द्रासँगै वालकन्या उच्चमावि कोटवारा परिक्षाकेन्द्रबाट एसएलसी परीक्षा दिइरहेकी हुन् । स्थानीय शिक्षक युवराज गौतमका अनुसार छोराछोरीसँगै परीक्षा दिन लागेकी दीपा पढ्न पाएकोमा एकदमै खुसी छिन् ।यसैबीच एसएलसी परीक्षाको तेस्रो दिन आइतबार गणित विषयको परीक्षा दिईरहेका २९ जना परीक्षार्थी जिल्लाका विभिन्न केन्द्रबाट कारवाहिमा परेका छन् । उनीहरुलाई चिटचोर्दै गर्दा फेला पारेपछि परीक्षाबाट परीक्षा अनुगमन समितिले निष्काशन गरेको प्रहरी नायव उपरिक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिनुभयो ।यसरी निष्काशित हुनेहरुमा त्रिभुवन उच्च मावि च्युरा केन्द्रबाट २१ जना र शारदा उच्च मावि कालिमाटीबाट ८ जना रहेकाछन् । यस्तै त्रिभुवन उच्च मावि च्युरा परीक्षा केन्द्रबाट दुई जना निरिक्षक पनि कारवाहिमा परेका छन् । योसँगै सल्यानमा आजसम्म निरक्षक र विद्यार्थी गरी ९२ जना कारवाहिमा परेका छन् ।
»बाँकी समाचार रिडमोर मा छ »
0 टिप्पणियाँ:
एक टिप्पणी भेजें