|अबा हाम्रो गुल्मी डोट.कॉम को वेबसाइट बदले को छ . हजूर हरू ले पुरानो वेबसाइट खोल्नु भये को छ भने हजूर हरू संग अनुरोध गरिन्छा की हम्रोगुल्मी को नया वेबसाइट खोल्नुहोस www.hamrogulminews.com एस्मा नया न्यूज़ हरू कविता हरू सब छन .....|| साथै www.hamrogulminews.com हेर्दै गर्नुहोला ।

गुडिरहेको माइक्रोबसमा बम विस्फोट

चैत्र १४ , बुटवल ।
बुटवलको मीलनचौकमा गुडिरहेको माइक्रोबसमा आइतबार साँझ वम विस्फोट भएको छ । भैरहवाबाट बुटवलतर्फ आउँदै गरेको लु १ ख ३६६६ नम्वरको माइक्रोबस मीलनचौकस्थित मीलन चलचित्र हल अगाडि आइपुग्दा साँझ करिब सवा ६ बजे वम विस्फोट भएको हो .विस्फोटमा परी कम्तीमा २३ जना घाइते भएका छन् । घाइतेमध्ये ८ जनाको अवस्था गम्भीर रहेको छ । घाइते मध्ये ४ जनालाई भरतपुर र काठमाडौं रिफर गरिएको छ भने अन्यको बुटवलस्थित लुम्बिनी अञ्चल अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये कतिपय अंगभंग भएका छन् ।विस्फोटमा पैदलयात्रु र मोटरसाइकल चालक पनि परेका छन् । घाइते सबैको बुटवलस्थित लुम्बिनी अञ्चल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । वम विस्फोटबाट माइक्रोबस क्षतीग्रस्त बनेको छ ।घटनापछि बुटवलका सर्वसाधारण आतंकित भएका छन् । व्यापक प्रहरी परिचालन गप।एको छ । बुटवलको चारै नाकामा चेकजाचलाई कडा पारिएको रुपन्देही प्रहरीले जनाएको छ । यसअघि नेपालगञ्ज र रौतहटमा पनि गुडिरहेको बसमा विस्फोट भएको थियो ।
»बाँकी समाचार रिडमोर मा छ »

0 टिप्पणियाँ:

एक टिप्पणी भेजें

यो साईट एती पटक हेरियो

Web Site Hit Tracking

  © @copyright Hamrogulmionline sewa This site has designed and developed by हाम्रोगुल्मी डट कम 2010

you can go माथि जनुहोस