बस दुर्घटनामा ३० घाइते ५ गम्भीर
कास्की, चैत्र १४ -
बाटुलेचौरबाट बगर आउदै गरेको ध १ ख २३१ नम्बरको माइक्रोबस सोमबार बिहान केआइसिङ पुल नजिकै दुर्घटना हुदा ३० जना घाइते भएका छन् । घाइत मध्ये पाँच जनाको अवस्था गम्भीर रहेको छ । उनीहरुको टाउकोमा चोट लागेको छ । ब्रेक फेल भएर उक्त दुर्घटना भएको प्रहरी नियन्त्रणमा रहेका चालक शेषराज थापाले बताएका छन् । घटना लगत्तै प्रहरीले एम्बुलेन्स र प्रहरी भ्यानमा घाईतेको उद्धार गरी मणिपाल शिक्षण अस्पताल पुर्याएको जिल्ला प्रहरी प्रमुख एसपी यादवराज खनालले बताए । घाइते सबैको फूलबारी स्थित मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ । प्रहरी नियन्त्रणमा रहेका चालक थापाले ब्रेक फेल भएपछि गाडी बिजुलीको पोलमा लगेर डोकेको बताएका छन् । बिहानको समय भएकाले अधिकांश कलेज र स्कूलका विद्यार्थी रहेको स्थानिय बासिन्दाले बताए । घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । »बाँकी समाचार रिडमोर मा छ »
0 टिप्पणियाँ:
एक टिप्पणी भेजें