|अबा हाम्रो गुल्मी डोट.कॉम को वेबसाइट बदले को छ . हजूर हरू ले पुरानो वेबसाइट खोल्नु भये को छ भने हजूर हरू संग अनुरोध गरिन्छा की हम्रोगुल्मी को नया वेबसाइट खोल्नुहोस www.hamrogulminews.com एस्मा नया न्यूज़ हरू कविता हरू सब छन .....|| साथै www.hamrogulminews.com हेर्दै गर्नुहोला ।

जाडोले एकको मृत्यु

दार्चुला, फागुन १७ ,केही दिनदेखि लगातार हिमपात भएपछि दार्चुलामा जाडोले एकको मृत्यु भएको छ। कठ्यांग्रिँदो जाडोका कारण जिल्लाको खण्डेश्वरी–९ मझगाउँमा शनिबार राति वीरसिंह रोक्कामगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ। रुकुमको तपसेरा–८ घर भएका रोक्कामगर ७/८ वर्षयता खण्डेश्वरीमा काठको काम गर्दै आएका थिए। शनिबार काठको काम गरी जंगलबाट फर्किने क्रममा उनी हिमपातमा परेका हुन्।

जंगल छेउमा टहरा बनाएर परिवार सहित बस्दै आएका रोक्कामगरको शव आइतबार स्थानीयले फेला पारेका थिए। उनको शव खण्डेश्वरी प्रहरी चौकीबाट १६ किलोमिटर दक्षिणमा हिउँले पुरिएको अवस्थामा भेट्टिएको प्रहरीले जनाएको छ।

प्रहरी नायव उपरीक्षक टेकबहादुर गुरुङले शव जिल्ला अस्पताल ल्याउन तीन लाग्ने बताए।

केही दिनयता जिल्लाको ब्याँस, राप्ला, सुनसेरा, खण्डेश्वरी, घुसा लगायत गाविसमा बाक्लो हिमपात परेको छ। हिमपातले जनजिवन प्रभावित वनेको छ।

»बाँकी समाचार रिडमोर मा छ »

0 टिप्पणियाँ:

एक टिप्पणी भेजें

यो साईट एती पटक हेरियो

Web Site Hit Tracking

  © @copyright Hamrogulmionline sewa This site has designed and developed by हाम्रोगुल्मी डट कम 2010

you can go माथि जनुहोस