|अबा हाम्रो गुल्मी डोट.कॉम को वेबसाइट बदले को छ . हजूर हरू ले पुरानो वेबसाइट खोल्नु भये को छ भने हजूर हरू संग अनुरोध गरिन्छा की हम्रोगुल्मी को नया वेबसाइट खोल्नुहोस www.hamrogulminews.com एस्मा नया न्यूज़ हरू कविता हरू सब छन .....|| साथै www.hamrogulminews.com हेर्दै गर्नुहोला ।

अधिकारका लागि एकजुट हुनुपर्नेमा जोड

शिबलाल सुबेदी गुल्मी चैत्र ७
आफ्ना हक अधिकारहरु प्राप्ती गर्नका लागि सम्पुर्ण दलितहरु एकजुट भएर अगाडि बढेमा मात्र आफ्ना हक अधिकारहरु प्राप्त गर्न सकिने एक कार्यक्रममा बोल्ने बक्ताहरुले जोड दिएका छन ।आज गुल्मीको इस्मा दोहलीमा ४६ औं अन्तराष्ट्रिय जाति तथा रङभेद उन्मुलन दिवसको अवसरमा दलित मुक्ति समाज इस्मा दोहोली आयोजना गरेको गाउँ सम्मेलन बोल्ने बक्ताहरुले यस्तो कुरामा जोड दिएका हुन ।कार्यक्रममा प्रमुख अथिती नेकपा एमाले क्षेत्रिय सचिवालय सदस्य चुरा बहादुर बिष्टले कार्यक्रमको उद्घाट गदै दलितहरुका हक र अधिकार माथी कसैले पनि हस्तक्षेप गर्न नहुने भन्दै दलितहरुलाई जुनसुकै क्षेत्रमा पनि सहयोग गरि सहकार्य गदै अगाडि बढ्नु पर्ने बताउनु भएको थियो । साथै गाउँ सम्मेलनले पुन बिष्णु सुनारलाई अध्यक्षमा सर्वसम्वत चयन गदै ४१ सदस्य दलित मुक्ति समाज इस्मा दोहोली गाउँ समिती गठन गरेको छ । जसको उपाध्यक्षमा डिल बहादुर नेपाली, सचिवमा भिम बहादुर नेपाली , सह सचिवमा कमला बि.क., कोषाध्यक्षमा धन बहादुर नेपाली लगायत ४१ सदस्य रहनु भएको छ । कार्यक्रम समाजका अध्यक्ष बिष्णु सुनारको अध्यक्षयता तथा दलित मुक्ति समाज युवा सघं क्षेत्रिय कमिटी सदस्य रामु बोहराको सञ्चालनमा सम्पन्न भएको थियो ।
»बाँकी समाचार रिडमोर मा छ »

0 टिप्पणियाँ:

एक टिप्पणी भेजें

यो साईट एती पटक हेरियो

Web Site Hit Tracking

  © @copyright Hamrogulmionline sewa This site has designed and developed by हाम्रोगुल्मी डट कम 2010

you can go माथि जनुहोस