|अबा हाम्रो गुल्मी डोट.कॉम को वेबसाइट बदले को छ . हजूर हरू ले पुरानो वेबसाइट खोल्नु भये को छ भने हजूर हरू संग अनुरोध गरिन्छा की हम्रोगुल्मी को नया वेबसाइट खोल्नुहोस www.hamrogulminews.com एस्मा नया न्यूज़ हरू कविता हरू सब छन .....|| साथै www.hamrogulminews.com हेर्दै गर्नुहोला ।

लेबनानमा नेपाली महिलाको हत्या

१६ चैत, काठमाण्डौ ।
घरेलु कामदारका रुपमा लेबनानमा कार्यरत एक नेपाली महिलाको हत्या भएको छ । दमक झापाकी २२ बषिर्या गीता श्रेष्ठलाई एक सिरियाली नागरिकले हत्या गरेको बताइएको छ ।आफुहरुवीच शारिरिक सम्बन्ध रहेको र गीताले गर्भवती भएको भनेपछि केही सोच्नै नसकेर हत्या गरेको ती सिरियाली नागरिकले बताएका छन् ।
घाँटीमा पासो लगाएको अबस्थामा श्रेष्ठको शव आइतवार साँझ उनी कार्यरत घरमा भेटिएको थियो । लेबनानस्थित अबैतनिक दूतावासमा स्वयसेवकका रुपमा कार्यरत दीपेन्द्र उप्रेतीले भने-’हामीलाई चित्त नबुझेर थप अनुसन्धानका लागि अडान लिएपछि हत्याको पुष्टी भयो ।’
प्रहरीले सोधपुछका क्रममा गीता र एक सिरियाली नागरिकवीच सम्बन्ध रहेको जानकारी पाएपछि उनको खोजी गरिएको थियो । सोमबार साँझ पक्राउ परेका उनले हत्या गरेको स्वीकारेका छन् ।
लेबनानमा हजारौं नेपाली महिला घरेलु कामदारका रुपमा कार्यरत छन् । महिलाका लागि सुरक्षाको प्रत्याभूति नभएको भन्दै सरकारले त्यहाँ कामदार पठाउन रोक लगाएको छ ।
»बाँकी समाचार रिडमोर मा छ »

0 टिप्पणियाँ:

एक टिप्पणी भेजें

यो साईट एती पटक हेरियो

Web Site Hit Tracking

  © @copyright Hamrogulmionline sewa This site has designed and developed by हाम्रोगुल्मी डट कम 2010

you can go माथि जनुहोस