|अबा हाम्रो गुल्मी डोट.कॉम को वेबसाइट बदले को छ . हजूर हरू ले पुरानो वेबसाइट खोल्नु भये को छ भने हजूर हरू संग अनुरोध गरिन्छा की हम्रोगुल्मी को नया वेबसाइट खोल्नुहोस www.hamrogulminews.com एस्मा नया न्यूज़ हरू कविता हरू सब छन .....|| साथै www.hamrogulminews.com हेर्दै गर्नुहोला ।

१९ परीक्षार्थी निश्कासित

गुल्मी, चैत्र ११ -गुल्मी संवाददाता
प्रवेशिका परीक्षाको दोस्रो दिन नेपाली विषयमा जिल्लाका विभिन्न केन्द्रबाट १९ परीक्षार्थी निश्कासित भएका छन् ।नेपाली विषयको परीक्षामा विद्यार्थीले मर्यादा विपरित काम गरेको भन्दै महेन्द्र आदर्श उच्च मावि वामी केन्द्रबाट १, उदय उच्च मावि शान्तिपुर केन्द्रबाट ५, जनता उच्च मावि अस्लेवा केन्द्रबाट ३, नेरा सर्वोदय मावि पौदीअमराई केन्द्रबाट ३, अर्जै उच्च मावि अर्जै केन्द्रबाट ३, मालिका उच्च मावि केन्द्रबाट ४ परिक्षार्थी निश्कासित भएको जिल्ला शिक्षा अधिकारी चन्द्रकान्त भुसालले बताए । यस वर्षको एसएलसी परीक्षामा जिल्लाका २८ परिक्षा केन्द्रमार्फत ४ हजार ५ सय २३ नियमित सहित ७ हजार ३ सय २५ विद्यार्थी सहभागी भएका छन् । अंग्रेजी विषयको परीक्षामा १३ विद्यार्थी निश्कासित भएकोमा नेपालीमा निश्कासित हुनेहरुको संख्या बढेको जिशिअ भुसालले बताए ।अधिकांश केन्द्रमा केन्द्राध्यक्ष र निरीक्षकहरुले भन्दा शिक्षा कार्यालयबाट खटिएका कर्मचारीहरुले परीक्षामा अमर्यादित कार्य गर्ने विद्यार्थीहरुलाई निश्कासित गर्ने गरेका छन् । गत वर्षको तुलनामा यस वर्षपरीक्षा बढी मर्यादित भएको जिशिअ भुसालले बताए । »बाँकी समाचार रिडमोर मा छ »

0 टिप्पणियाँ:

एक टिप्पणी भेजें

यो साईट एती पटक हेरियो

Web Site Hit Tracking

  © @copyright Hamrogulmionline sewa This site has designed and developed by हाम्रोगुल्मी डट कम 2010

you can go माथि जनुहोस