|अबा हाम्रो गुल्मी डोट.कॉम को वेबसाइट बदले को छ . हजूर हरू ले पुरानो वेबसाइट खोल्नु भये को छ भने हजूर हरू संग अनुरोध गरिन्छा की हम्रोगुल्मी को नया वेबसाइट खोल्नुहोस www.hamrogulminews.com एस्मा नया न्यूज़ हरू कविता हरू सब छन .....|| साथै www.hamrogulminews.com हेर्दै गर्नुहोला ।

तीन दिनदेखि वेपत्ता युवक मृत अवस्थामा फेला

गुल्मी चैत ८ विष्णु पौडेल, सामुदायिक रेडियो स्काई
गत ३ दिन देखि वेपत्ता भएका गुल्मीको पौदीअमराई ३ खमारीपाटाका एक युवक मृत अवस्थामा फेला परेका छन् । जनज्योति माध्यामिक विद्यालय अरेवामा कक्षा १० अध्ययनरत केशर वहादुर वलामीका १७ वर्षिय छोरा जीववहादुर वलामी आज दगातुम्डाँडाको गाविस वडा नम्वर ८ नजिकको वढिगाड खोलामा मृत अवस्थामा फेला परेका हुन । गत चैत्र ५ गते जीववहादुर ४ जना साथीसंग माछा मार्नका लागी वढिगाड खोलामा गएको परिवारिक श्रोतले जनाएको छ । उनीहरुले माछा मार्नका लागी पोलवाट विजुलिको तार ल्याउँदा त्यसैवाट करेन्ट लागेर मृत्यु भएको हन सक्ने प्रहरीले प्ररम्भिक अनुमान गरेको छ । उनीसंगै गएका अन्य ३ जना साथीले घटनाको वारेमा कुनै प्रतिक्रियम नदिएकाले घटना थप रहस्यमय भएको छ । उनीहरुसंगै गएका अन्य तीन जनालाई पनि प्रहरी नियन्त्रणमा लिएको छ ।
परिवारले उनको खोजी गर्ने क्रममा विहान करिव ८ वजे उनको शव पानीमा उत्रेको अवस्थामा देखेपछि काका थुम वहादुर वलामीले खर्वाङ प्रहरीलाई खवर गर्नुभएको थियो । खर्वाङ प्रहरीले इलाका प्रहरी हरिचौर वाग्लुङलाई खवर गरेपछि प्रहरी घटनास्थलमा पुगी शवलाई पानी वाहिर निकालेको थियो । मृतकको शव पोष्ट मार्टमका लागी सदरमुकाम वाग्लुङ लगिएको इलाका प्रहरी कार्यलय हरिचौरका इन्सफेक्टर सुवोध खड्काले जानकारी दिनुभयो ।
»बाँकी समाचार रिडमोर मा छ »

0 टिप्पणियाँ:

एक टिप्पणी भेजें

यो साईट एती पटक हेरियो

Web Site Hit Tracking

  © @copyright Hamrogulmionline sewa This site has designed and developed by हाम्रोगुल्मी डट कम 2010

you can go माथि जनुहोस