शरणार्थी शिविरमा आगलागी, सात सय छाप्रा जले
झापा, चैत्र ८ -
गोलधापस्थित भूटानी शरणार्थी शिवरमा मंगलबार बिहान भिषण आगलागी हुँदा करिव सात सय छाप्रा जलेर नष्ट भएको छ । आगो नियन्त्रणमा आए पनि केही शरणा बालबालिकाहरु सम्पर्कमा नरहेकाले खोजी जारी छ । करिव ८ सय छाप्रा भएको उक्त शिवरमा बिहान सात बज्नु केही अगाडी आगलागी सुरु भएको थियो । आगो करिव दुई घण्टाको प्रयासमा नियन्त्रणमा लिइएको हो ।
आगो नियन्त्रणमा लिनका लागि दमक, मेची र भद्रपुर नगरपालिकाको दमकल परिचालन गरिएको थियो । स्थानीयवासीका साथै नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीलाई पनि आगो नियन्त्रणमा परिचालन गरिएको थियो ।
हाल शरणार्थीहरुलाई शिविर रहेको स्थानको उत्तरपट्टी राखिएको छ । उनीहरुलाई तत्काल राहत कसरी ब्यवस्थापन गर्ने भन्ने बिषयमा राष्ट्रसंघीय शरणार्थी नियोगका प्रतिनिधि र स्थानीय प्रशासन बीच छलफल भइरहेको प्रमुख जिल्ला अधिकारी शशीशेखर श्रेष्टले जानकारी दिए ।
आगलागी पछिको भाग दौडमा करिव २५ जना शरणार्थी घाइते भएका छन् । उनीहरुलाई बिभिन्न स्थानीय अस्पतालमा उपचारका लागि लगिएको छ ।
तेस्रो मुलुकमा भएको पुनस्थापनाका कारण उक्त शिविर आउँदो अप्रिल पहिलो सातादेखि बन्द गर्ने तयारी भइरहेको थियो । हाल त्यहाँ करिव चार हजार जनसंख्या रहेको छ ।
बि.सं. २०६४ सालमा भएको आगलागीबाट उक्त शिविरका सबै छाप्रा जलेको थियो । त्यस बेला छाप्राहरु दमकलसमेत छिर्न नसक्ने गरी बनाइएका कारणा आगो नियन्त्रणमा लिन कठिनाइ भएको निष्कर्ष निकालिएपछि पछि दमकल गुड्न सक्ने गरी छाप्राहरु बनाइएको थियो । »बाँकी समाचार रिडमोर मा छ »
0 टिप्पणियाँ:
एक टिप्पणी भेजें