गाई भैसी पालन सम्बन्धी स्थलगत ३ दिने तालिम शुरु
विष्णु पौडेल, गुल्मी फागुन २१
जिल्ला पशु सेवा कार्यलय गुल्मीको आयोजनमा गाई भैसी पालन सम्बन्धी स्थलगत ३ दिने तालिम गुल्मीको वामीटक्सारको महेन्द्र आर्दश उच्च माध्यमिक बिद्यालयमा शुक्रवारदेखि शुरु भएको छ । लालिममा वामीटक्सार , पौदीअमराई, बडागाउँ,र अर्लाङ्गकोट गरि ४ गाविसका २० जना पशुपालन कृषकहरुको सहभागीता रहेको छ । महेन्द्र आर्दश उच्च माध्यमिक बिद्यालयका प्राचार्य भिमलाल सापकोटा, तारादेवी दुग्द्य डेरी उद्योग वामीटक्सारका सञ्चालक गजाधर सापकोटा, वामीटक्सार गाविसका निर्वतमान गाविस अध्यक्ष महेश जि.सी., महेन्द्र आर्दश उच्च माध्यमिक बिद्यालयका श्रोत ब्यक्ति टकंनाथ भण्डारी,ले शुभकामना मनत्ब्य राख्नुभएको थियो । जिल्ला पशु सेवा कार्यलय गुल्मीका प्रमुख डाक्टर हरि बहादुर कुवँरको अध्यक्षता रहेको उक्त कार्यक्रमको सञ्चालन गजाधर सापकोटाले गर्नुभएको थियो ।
»बाँकी समाचार रिडमोर मा छ »
0 टिप्पणियाँ:
एक टिप्पणी भेजें