प्युठानमा भएको सवारी दुर्घटनामा ८ घाईते
विष्णु पौडेल, गुल्मी फागुन २१
प्यूठानको भिंगृमा आज जिप र ट्रक ठोक्किदा ८ जना घाइते भएका छन् । रोल्पाबाट प्यूठान आउँदै गरेको रा १ ज ३५९ नं को रिजर्व जिप र कपिलबस्तुको चन्द्रौटाबाट रोल्पा सुलिचौर जाँदै गरेको लु १ ख ४१२४ नं.को ट्रक ठोक्किदा जीपमा सवार ८ जना घाइते भएका हुन् । दुर्घटनामा जिपमा सवार रोल्पा घर्तिगाँउ–२ का तिर्थ प्रसाद घर्ति, भावाङ्ग–६ का कुमार घर्ति, कोटगाँउ–५ का दलबहादुर घर्ति गम्भीर घाइते भएका छन् ।
समान्य घाईतेहरु प्रथामिक उपचार पछि घर फर्केका छन् । घटनामा गम्भिर घाइतेहरुको स्थानिय प्राथमिक स्वास्थ्य केन्द्र भिंगृमा समान्य उपचार पछि थप उपचारका लागि कोहलपुर मेडीकल कलेज नेपालगंज पु¥याईउको प्रहरीले जनाएको छ ।
»बाँकी समाचार रिडमोर मा छ »
0 टिप्पणियाँ:
एक टिप्पणी भेजें