गुल्मीमा आगोलागीका घटनामा वृद्धि
विष्णु पौडेल, सामुदायिक रेडियो स्काई
गुल्मी फागुन २१
गर्मी मौसम शुरु भएसंगै गुल्मी जिल्लामा आगोलागीको घटनामा वृद्धि हुन थालेको छ । हिजो पराल्मीमा भएको आगोलागीको घटना सेलाउन नपाउँदै आज फेरी ईश्मा रजस्थलमा पनि आगोलागी भएको छ । इश्मा रजस्थलको वार्ड नम्वर १ को घोसाङ र रातामाटामा पर्ने हुकेडाँडामा रहेको रुन्नती कुमालको गोठमा आगो लागी भएको छ । िउसो करिव ३ वजेतिर लागेको आगोले गोठमा रहेका सम्पुर्ण काठ, दाउरा, घास, लगायत अन्न पात पनि जलेर नष्ट भएका छन् । आगोलागीवाट झण्डै पचास हजार वरावरको क्षति भएको स्थानीय वासीले वताएका छन् । केटाकेटीको लापरवाहीले गोठमा लागेको आगोले घरको केही भागमा समेत क्षति पु¥याएको स्थानीय नरवहादुर जिसीले जानकारी दिनुभएको छ । आगोलागी स्थानीय वासीको सक्रियतामा झण्डै २ घण्टापछि नियन्त्रणमा आएको थियो । »बाँकी समाचार रिडमोर मा छ »
0 टिप्पणियाँ:
एक टिप्पणी भेजें