तम्घास टेक्निकल शिक्षलयको १५ औ शीरपोष कार्यक्रम सम्पन्न
विष्णु पौडेल, सामुदायिक रेडियो स्काई
गुल्मी फागुन २१
तम्घास टेक्निकल शिक्षलय तम्घास गुल्मीले आज सिएमए तथा अनमी लालिम केन्द्रको पन्ध्रौ शिरपोष कार्यक्रम सम्पन्न गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम अर्याललको प्रमुख अािथत्यता तथा जिल्ला अस्पताल तम्घासका प्रमुख डाक्टर भेषराज पोखरेलको बिशेष आथित्यता रहेको कार्यक्रममा प्रहरी नायव उपरिक्षक पदम प्रसाद सुबेदी, कालिदत्त गुल्मका गुल्मपति खुन्ना मुन्ना राई ,अनुसन्धान प्रमुख बिमल ढ्ङगोल, महेन्द्र उच्च माध्यमिक बिदालयका प्राचार्य केशर बहादुर थापा, प्याप्सन गुल्मीका अध्यक्ष श्रीप्रसाद भलामी, नेपाल पत्रकार महासंघ गुल्मीक अध्यक्ष घनश्याम गौतम, जिल्ला अस्पताल तम्घासका बरिष्ठ जनस्वास्थ्य अधिकृत श्रवण कुमार नायव, डाक्टर काशीम शाहं, पत्रकार ,लगायत बिभिन्न क्षेत्रका ब्यत्तित्वहरुको उपीस्थती रहेको थियो ।२०५२ सालमा स्थापन भएको उक्त शिक्षालयमा दैलेख, सुर्खेत, प्युठान, पाल्पा,बाग्लुङ्ग, अर्घाखाची र गुल्मी लगायतका जिल्लाहरुबाट बिद्यार्थीहरुले शिक्षा लिएको शिक्षालयले जनाकारी दिएको छ । तम्घास टेक्निकल शिक्षालयका ब्यवस्थापन समितीका सदस्य कुष्ण प्रसाद भण्डारीको स्वागत मनत्ब्यबाट शुरु भएको उक्त कार्यक्रममा शिक्षालयका प्रमुख प्रशिक्षक तारा बहादुर कार्कीले शिक्षालयको प्रगति प्रतिबेदन तथा भावी योजनाका बारेमा प्रकास पार्नुभएको थियो । कार्यक्रममा जिल्ला अस्पताल तम्घासका डाक्टर बालकुष्ण श्रेष्ठ, नेपाल क्षयरोग निवारण सस्थाका अध्यक्ष शशी पन्थी चिन्तामणि निमकला प्रतिष्ठान गुल्मीका अध्यक्ष नन्दराम भुसाल, सरकारी बिद्यालयका तर्फबाट शेर बहादुर थापा , निजी बिद्यालयका तर्फबाट श्रीप्रसाद भलामी, , पत्रकार महासघं गुल्मीका अध्यक्ष घनश्याम गौतम , लगायतले शुभकामना मनत्ब्य राख्दै शिक्षालयबाट सिकेका कुरालाई सही ढगँले ब्यवहारमा लागु गर्न आग्रह गर्नुभएको थियो । कार्यक्रम शिक्षालय ब्यवस्थापन समितीका अध्यक्ष शेर बहादुर थापाको अध्यक्षता र प्रशिक्षक भुपेन्द्र कडेलको सञ्चालनमा सम्पन्न भएको थियो । »बाँकी समाचार रिडमोर मा छ »
0 टिप्पणियाँ:
एक टिप्पणी भेजें