|अबा हाम्रो गुल्मी डोट.कॉम को वेबसाइट बदले को छ . हजूर हरू ले पुरानो वेबसाइट खोल्नु भये को छ भने हजूर हरू संग अनुरोध गरिन्छा की हम्रोगुल्मी को नया वेबसाइट खोल्नुहोस www.hamrogulminews.com एस्मा नया न्यूज़ हरू कविता हरू सब छन .....|| साथै www.hamrogulminews.com हेर्दै गर्नुहोला ।

महोत्सवबाट मालामाल / कलाकारले कति कमाए ?

काठमाडौं, चैत्र १४ -
पर्यटन वर्ष लक्ष्य गरी विभिन्न महोत्सव भइरहेका छन् । यस्ता महोत्सवमा कलाकारहरूको प्रस्तुति आकर्षणको विषय बन्दै आइरहेको छ । पर्यटक तान्ने र संस्कृतिकता पस्किने सेतुका रूपमा आधुनिक र दोहोरी गायक गायिकादेखि हास्य कलाकारसम्मले व्यस्त हुने अवसर पाएका छन् । धेरैले 'पार्ट-टाइम जब' का रूपमा लिने यस्ता महोत्सवबाट कलाकारको कमाइ कति हुन्छ त ?

राजेशपायल राई, गायक

यो वर्ष ३५ वटा महोत्सव र १ सय ६५ वटा लाइभ कन्सर्ट भ्याएँ । कहिले पूर्व, कहिले पश्चिम । आजै (शुक्रबार) पनि दमकको कार्यक्रम सकाएर शनिबार पोखरा जाँदै छु । सामान्यतः एउटा कार्यक्रममा ८० हजार रुपैयाँसम्म लिन्छु । सबै गरेर लगभग ९ लाख रुपैयाँ जति आम्दानी भयो । घर किन्दाको ऋण थियो । सबै आम्दानी ऋण तिर्नमै खर्चें ।

सीताराम कट्टेल (धुर्मुस), हास्य कलाकार

यो वर्ष आधा दर्जनजति महोत्सवमा प्रस्तुति देखाएँ । समूहमा कुञ्जना घिमिरे (सुन्तली), केदार घिमिरे (माग्नेबूढा) र म (धुर्मुस) कहिल्यै छुट्टिनौं । कुञ्जना र मैलै ३ लाख रुपैयाँजति आम्दानी गर्‍यौं । काठमाडौं सातदोबाटोमा घर निर्माण थालेकाले सबै आम्दानी त्यहीँ खर्च भयो । सामान्यतः एउटा महोत्सवमा तीनजनाको टिम भएकाले ७० हजारदेखि ८० हजार रुपैयाँसम्म लिन्छौं ।

सुगम पोखरेल, पपगायक

पूर्वको उर्लाबारीदेखि पश्चिमको धनगढीसम्म गरेर सातवटा महोत्सव र कन्सर्ट भ्याएँ । पारिश्रमिक भने महोत्सव तथा कन्सर्टको प्रकृति हेरेर २० हजारदेखि ६० हजार रुपैयाँसम्म लिने गरेको छु । यो वर्ष तीन लाख रुपैयाँ आम्दानी भयो । सबै गाडी, घरभाडा र घरपरिवारमा खर्च गरेर नै सकियो ।

सुनिता दुलाल, दोहोरी गायिका

पाँचवटा महोत्सवमा दोहोरी गीत गाएँ । महोत्सव भनेको त हाम्रो दोस्रो ठूलो बाँच्ने आधार नै हो । कार्यक्रममा गीत गाउन जाँदा १० देखि २५ हजार रुपैयाँसम्म पारिश्रमिक लिने गरेको छु । यो वर्ष साढे एक लाख रुपैयाँजति आम्दानी भएको थियो । जसमध्ये पाँच हजार रुपैयाँ मृर्गौला रोगले ग्रस्त एकजना बालकलाई सहयोग गरें । नयाँ एल्बम आउँदैछ । अरू त्यसैमा खर्चिनेछु ।

विमलराज क्षेत्री, दोहोरी गायक

१० भन्दा बढी महोत्सवमा गीत गाउने अवसर पाएँ । एउटा कार्यक्रमबाट १५ देखि २० हजार रुपैयाँसम्म आम्दानी हुन्छ । लगभग साढे तीन लाख रुपैयाँजति आम्दानी भयो यो वर्ष । सबै छोरा- छोरी र घरपरिवारमा खर्च गर्दैमा सकियो । हाम्रा लागि महोत्सव र विभिन्न स्थानमा आयोजना हुने कार्यक्रमहरू त दसैंजस्तै चाड हो । मनग्य आम्दानी हुन्छ ।

आरपी भट्टराई, हास्य कलाकार

एउटा महोत्सवमा जाँदा १२ देखि २० हजार रुपैयाँसम्म लिने गरेको छु । यो वर्ष त्यस्तै डेढ लाख रुपैयाँ जति आम्दानी भयो । दुई छोरा, श्रीमती र घरपरिवारका नाममा खर्च गरेर नै सबै रकम सकाएँ । महोत्सव त हाम्रो बाँच्ने अर्को आधार नै हो । टेलिभिजनको पर्दामा अनुहार देखाएर र अनि गला घोटेर मात्र कहाँ बाँच्न सकिन्छ र ?

कोमल वली, लोकगायिका

२२ जिल्लामा गएर दर्शक नचाउने अवसर पाएकी थिएँ । विकटका दर्शक-श्रोताले नजिकबाट चिन्ने र देख्ने अवसर पाए । कलाकारले आफूलाई फैलाउने यो निकै महत्त्वपूर्ण अवसर पनि हो । एउटा महोत्सवमा जाँदा ३५ देखि ५० हजार रुपैयाँसम्म लिने गरेकी छु । यो वर्ष कति आम्दानी

भयो हिसाब गरेको छैन । फेरि पनि महोत्सवमा जाँदै छु । त्यही भएर सबै महोत्सव सकेर मात्र हिसाब गर्छु । अहिलेसम्म भएको सबै आम्दानी बुबा, ममीलगायत सबै साथमा भएकाले घरखर्चमै सकियो ।

अञ्जना गुरुङ, गायिका

पोहोरभन्दा त दोब्बरै महोत्सवमा प्रस्तुति देखाउने अवसर पाएँ । एउटा महोत्सवमा जाँदा ३० देखि ३५ हजार रुपैयाँसम्म लिँदै आएको छु । यो वर्ष ८ वटा महोत्सबाट दुई लाख रुपैयाँ जति आम्दानी भयो । घरखर्च र आफूलाई आवश्यक सामान किन्दैमा सकियो ।



»बाँकी समाचार रिडमोर मा छ »

0 टिप्पणियाँ:

एक टिप्पणी भेजें

यो साईट एती पटक हेरियो

Web Site Hit Tracking

  © @copyright Hamrogulmionline sewa This site has designed and developed by हाम्रोगुल्मी डट कम 2010

you can go माथि जनुहोस