प्रथम गुल्मी पर्यटन तथा सांस्कृतिक महोत्सवको आज दोसा्रे दिन
गुल्मी फाल्गुन २० .शिव सुवेदी रेडियो स्काई
प्रथम गुल्मी पर्यटन तथा सांस्कृतिक महोत्सवको आज दोसा्रे दिन राष्ट्रियस्तर तथा स्थानीय स्तरका कलाकारको बिशेष प्रस्तुति रहेको थियो ।समाज विकास पर्यटन प्रवद्धन तथा वातावरण संरक्षण केन्द्र गुल्मीले आयोजना गरेको महोत्सवको दोश्रो दिन बिशेष गरेर बम बहादुर कार्की जीवन शर्मा, शिवा आले, हेमन्त शर्मा, निसा सुनार, सौगात सायर, श्रीप्रसाद थापा, याम क्षेत्री, मुना थापा, सन्तोष केशी, बैकुण्ठ महत, शंकर विसी शशी खड्का लगायतको प्रस्तुतिले दर्शकहरुलाई मनोरञ्जन दिलाइएको थियो ।महोत्सवको हिजो एकिकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले उद्घाटन गर्नु भएको थियो । महोत्समा विभिन्न कृषि ,पर्यटन तथा ब्यापारीक गरि ६० वटा स्टल राखिएको छ । भोलीसम्म चल्ने महोत्सवमा जिल्लाका पर्यटकिय स्थलहरुको फोटो र भिडियोबाट जानकारी, कृषि क्षेत्रको प्रवर्धन तथा प्रदर्शन, विभिन्न जातीय पहिचानका आधारमा झा“की र संस्कृति प्रदर्शन भईरहेका छन् । महोत्सवको भोली अन्तिम दिन कहिले प्रचण्ड तथा कहिले पुर्वराजा ज्ञानेन्द्र शाहको रुपमा प्रस्तुत हुने हास्यब्यङ्ग कलाकार मनोज गजुरेलको बिशेष प्रस्तुती रहने आयोजकले जनाएका छन । महोत्सवमा आज हजारौ दर्शकहरुको उपस्थिती रहेको थियो । »बाँकी समाचार रिडमोर मा छ »
0 टिप्पणियाँ:
एक टिप्पणी भेजें