गुल्मीमा पहिलो पल्ट पर्यटन तथा सांस्कृतिक महोत्सव
स्वाधिन अर्थतन्त्रका लागी पर्यटन तथा सास्कृतिक महोत्सव भन्ने नाराका साथ विहिबार देखि गुल्मीमा पहिलो तीनदिने पर्यटन तथा साँस्कृतिक महोत्सव शुरु भएको छ ।जिल्लामा पहिलोपटक समाज विकास, पर्यटन प्रवर्धन तथा वातावरण संरक्षण केन्द्रले पर्यटन वर्षको अवसर पारेर महोत्सवको आयोजना गरेको हो । महोत्सवका लागि ६० स्टल राखिएको आयोजक संस्थाका अध्यक्ष अशोक थापाले बताए ।
तीन दिनसम्म चल्ने महोत्सवमा जिल्लाका पर्यटकिय स्थलहरुको फोटो र भिडियोबाट जानकारी, कृषि क्षेत्रको प्रवर्धन तथा प्रदर्शन, तथा विभिन्न हस्तकलाका सामान, मगरजातीको खानाका परीकारहरु लगायतका स्टलहरु राखिएको छ ।
विभीन्न जातीय पहिचानका झाँकी र संस्कृति प्रदर्शन गरिएको महोत्सवमा करीव ३ लाख आन्तरीक तथा बाह्य पर्यटकले अवलोकन गर्ने आयोजकले जनाएको छ । महोत्सवमा आउने पर्यटकहरुलाई जिल्लाका पर्यटकिय स्थलसम्म पुर्याउने व्याबस्था पनि गरीने आयोजकले बताएको छ । महोत्सवमा विभिन्न राष्ट्रिय स्तरका कलाकारहरुको प्रस्तुती हुनेछ । »बाँकी समाचार रिडमोर मा छ »

0 टिप्पणियाँ:
एक टिप्पणी भेजें