|अबा हाम्रो गुल्मी डोट.कॉम को वेबसाइट बदले को छ . हजूर हरू ले पुरानो वेबसाइट खोल्नु भये को छ भने हजूर हरू संग अनुरोध गरिन्छा की हम्रोगुल्मी को नया वेबसाइट खोल्नुहोस www.hamrogulminews.com एस्मा नया न्यूज़ हरू कविता हरू सब छन .....|| साथै www.hamrogulminews.com हेर्दै गर्नुहोला ।

सभाषद र सचिवद्वारा बिचित्र गुफाको अबलोकन

गुल्मी फाल्गुन १७, घनश्याम गौतम
धुर्कोट (गुल्मी)– पूर्व पर्यटन मन्त्री एवं सभाषद प्रदिप ज्ञवाली तथा प्रधानमन्त्री कार्यालयका सचिव लिलामणी पौडेलले पर्यटकिय सम्भावना बोकेको धुर्कोट बस्तुमा रहेको बिचित्र गुफाको अध्ययन तथा अवलोकन गरेका छन् ।२०४४ सालमा स्थानीय बासिन्दाले बाँदर लखेट्ने क्रममा फेला पारेको बिचित्र गुफा आवश्यक प्रचारप्रसार र व्यवस्थापनको अभावमा ओझेलमा परेको छ । पौराणिक मान्यता अनुसारका कला, आकृति, स्वरुप तथा कलात्मक मण्डप सहित रहेको गुफा १ सय ८५ मिटरसम्म फैलिएको छ । गुफा अवलोकनपछि सभाषद ज्ञवालीले गुफा विश्वमै नौलो हुन सक्ने भएपनि आवश्यक अध्ययन र प्रचारप्रसारका अभावमा ओझेलमा परेकाले यसको संरक्षण, व्यवस्थापन र अध्ययन जरुरी रहेको बताए । ‘गुफा ऐतिहासिक र पर्यटकिय हिसाबले अत्यन्तै महत्वपूर्ण छ’, ज्ञवालीले भने, ‘पर्यटन वर्षका अवसरमा यसको प्रचार तिब्र पार्नु जरुरी छ ।’ गुफाको प्रचारप्रसार र विकासका लागि आफुले प्रयास गर्ने प्रतिबद्धता समेत उनले जनाए ।
त्यस्तै प्रधानमन्त्री कार्यालयका सचिव लिलामणी पौडेलले पनि गुफा अनौठो र भु–गर्भबिदहरुको अध्ययनका लागि अत्यन्तै उपयोगी रहेको बताए । ‘अध्ययन र अनुसन्धानका लागि यस्ता गुफाहरुले धेरै सहयोग पुर्याउन सक्छ’, गुफा अवलोकनपछि पौडेलले भने, ‘गुफा भित्र बहुमुल्य चट्टानहरु समेत हुन सक्ने भएकाले व्यवस्थान समितिले गुफा भित्र प्रवेशमा कडाई र व्यवस्थित गर्नुपर्ने देखिन्छ ।’
शुरुमा साँघुरो मुखबाट भित्र पस्न सकिने गुफाभित्र पस्दै गएपछि विभिन्न खालका खुल्ला र ठुला खाली स्थानहरु, कलात्मक ढंगबाट तयार गरिएका जस्ता देखिने ओढारहरु छन् । ५ तलासम्म फैलिएको गुफा र अनेकौं बाटा आकारका साँघुरा गल्ली तर भित्र पसेपछि पुरै खुल्ला भएकाले पनि यसको आर्कषण बढेको छ ।
सदरमुकाम तम्घासबाट ४ कोष पश्चिममा रहेको गुफा हेर्न आउने आन्तरिक पर्यटकहरु बढ्दै गएको गुफा संरक्षण तथा व्यवस्थापन समितिका सदस्य युवराज भण्डारीले बताए । ‘१ सय ८५ मिटर लम्बाईमा रहेको यो गुफा भित्र ७ सय जना मानिस एकै साथ पस्दा समेत अक्सिजनको कुनै अभाव हुँदैन", भण्डारीले भने ‘एउटै प्रवेशद्धार रहेको यति लामो गुफामा अक्सिजन अभाव नहुनुले पनि यसमा छुट्टै विशेषताको आभाष हुन्छ ।’
अबलोकनका लागि पुगेको प्रमुख जिल्ला अधिकारी परशुराम अर्याल, संचारकर्मी, गैरसरकारी संघ संस्थाका प्रतिनिधिहरुले समेत गुफा ऐतिहासिक मात्र नभएर धार्मिक रुपमा समेत निकै महत्वपूर्ण रहेको बताए । गुफा भित्र टल्किने खालका चट्टानहरु समेत रहेकाले यसको अध्ययनका लागि सबै क्षेत्रबाट पहल जरुरी रहेको अर्यालले बताए ।


»बाँकी समाचार रिडमोर मा छ »

0 टिप्पणियाँ:

एक टिप्पणी भेजें

यो साईट एती पटक हेरियो

Web Site Hit Tracking

  © @copyright Hamrogulmionline sewa This site has designed and developed by हाम्रोगुल्मी डट कम 2010

you can go माथि जनुहोस