आरुषी–हेमराज हत्याकाण्ड/फेरि नेपालीलाई आरोप
नयां दिल्ली, फाल्गुन १७ - रहस्यमय आरुषीहेमराज हत्याकाण्डका आरोपी चिकित्सक दम्पत्ति तोकिएको दिनमा अदालतमा उपस्थित नभएपछि उनीहरुविरुद्ध पक्राउ पुर्जी जारी गरिएको छ ।२० दिनअघि गाजियावादस्थित विशेष अदालतले राजेश र नुपूर तलवारलाई हत्याकाण्डका मुख्य दोषी मान्दै सोमवार उपस्थित हुन आदेश दिएको थियो ।
उपस्थित हुन नसक्ने कारणसहित उनीहरुले दायर गरेको अनुरोधपत्र उक्त अदालतले खारेज गरेपछि तलवार दम्पत्तिविरुद्ध पक्राउ पुर्जी जारी गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। राजेशले आफ्नो स्वास्थ्यको कारण देखाउंदै उपस्थित हुन नसक्ने भन्दै अदालतलाई लेखेका थिए ।
नुपूरले भने उक्त अदालतको आदेशसम्बन्धी विषय इलाहावादस्थित उच्च अदालतमा विचाराधीन रहेकाले उपस्थित नहुने भन्दै पत्र लेखेकी थिइन् ।
यसैबीच उच्च अदालतले तलवार दम्पत्तिद्धारा विशेष अदालतको आदेशविरुद्ध दुई साताअघि दायर मुद्दाको सुनुवाई सोमवार नसकिएपछि मंगलवारका लागि पनि जारी राख्ने भएको छ ।
फेरि नेपालीलाई आरोप
तलवार दम्पत्तिले सोमवार नै अर्को पूरक बकपत्र हालेका छन् । बक पत्रमा उनीहरुले सीबीआईले हत्याकाण्डको जांचका क्रममा पत्ता लगाएका विषयहरु उल्लेख गर्दै ती तथ्यलाई उक्त जांच निकायले बेवास्ता गरेको उल्लेख गरेका छन् ।
उनीहरुले घुमाउरो पारामा हत्याको दोषी राजेशका नेपाली सहयोगी कृष्ण भएको आरोप लगाउंदै आफ्नो बक पत्रमा भनेका छन्, 'सन् २००८ को नोभेम्बरमा सीबीआईले गरेको डिएनए परीक्षणबाट हेमराजको शव फालिएको छतमा भेटिएको औलाको छाप, यसैगरी विह्स्कीको बोतल र कृष्णको सिरानीमा भेटिएको औलाको छाप उही पुरुष व्यक्तिको भएको देखिएको छ ।' »बाँकी समाचार रिडमोर मा छ »
0 टिप्पणियाँ:
एक टिप्पणी भेजें