|अबा हाम्रो गुल्मी डोट.कॉम को वेबसाइट बदले को छ . हजूर हरू ले पुरानो वेबसाइट खोल्नु भये को छ भने हजूर हरू संग अनुरोध गरिन्छा की हम्रोगुल्मी को नया वेबसाइट खोल्नुहोस www.hamrogulminews.com एस्मा नया न्यूज़ हरू कविता हरू सब छन .....|| साथै www.hamrogulminews.com हेर्दै गर्नुहोला ।

"सिमिचौरमा विमानस्थल, रेसुङ्गामा केवुलकार र वडिघाटमा र्‍याफ्टिङ"

गुल्मी फाल्गुन १७, पी.एम.मगर
पुर्व पर्यटन मन्त्री तथा नेकपा एमालेका बरिष्ठ नेता प्रदिप ज्ञवालिले गुल्मीको सिमिचौरमा विमानस्थल, धार्मिक तथा ऐतिहासिक क्षेत्र रेसुङ्गामा केवुलकार र वडिघाट खोलामा र्‍याफ्टिङ जस्ता विकास निर्माणको परिकल्पना गुल्मीवासीले गरिरहेकोले यस परिकल्पनालाई साकार पार्न सवै पक्ष लाग्नुपर्ने वताउनुभएको छ । गुल्मीको चौथो गणतान्त्रिक जिल्ला परिषदको सोमबार एक कार्यक्रमका विच उद्घाटन गर्दै नेता ज्ञवालीले यस्तो वताउनुभएको हो । उहाँले जिल्लामा ठुलो संख्यामा दलित, वोटे कुमाल, गन्धर्वहरु जस्ता पिछडिएका वर्गको जिवन स्तर उठाउन प्रयाप्त वजेट लगानी गर्नुपर्नेमा जोड् दिनुभएको छ । त्यस्तै जिल्लामा पुर्वाधार निर्माण गर्दा वातावरणलाई ध्यान दिँदै डोजर, स्क्याभेटर, व्रेकर जस्ता मेशिनेरी सामाग्री प्रयोग नगर्न समेत उहाँले आग्रह गर्नुभएको छ ।
कार्यक्रमका विशेष अतिथि एवं प्रधानमन्त्री कार्यालयका सचिव लिलामणी पौडेलले जन प्रतिनिधीविहीन अवस्थामा पनि जिल्ला विकास समिति गुल्मीले सफल काम गरेकोमा धन्यवाद दिँदै सुधार गर्नुपर्ने कुराहरुमा सुझाव दिनुभएको छ । जिल्ला विकास समितिले सार्वजनिक सुनुवाई कार्यक्रम गर्न कन्जुस्याई गर्न नहुने, हरेक गाविस तथा उपभोक्ता समितिलाई अनिवार्य सार्वजनिक सुनुवाई कार्यक्रम गराउन जिल्ला विकास समितिले कडा निर्देशन दिनुपर्ने भन्दै सचिव पौडेलले केन्द्रमा कयौँ नयाँ कार्यक्रमहरु आएको भएपनि जिल्लावासीलाई कुनै जानकारी नभएको उल्लेख गर्दै सञ्चार माध्यमहरु मार्फत जिल्लामा आएका कार्यक्रमहरुको वारेमा जनतालाई जानकारी गराउन समेत जिल्ला विकास समितिलाई सुझाव दिनुभएको छ ।जिल्लामा वढी मात्रामा कंक्रिट, सिमेण्ट, छडहरुमा मात्रै वढी खर्च भएको र विकास निर्माणमा मात्रै राजनीति चलखेल हुने गरेको तर रकमको सही सदुपयोग भयो वा भएन भन्ने वारेमा खासै ध्यान नगएको वताउनुभएको छ । सचिव पोख्रेलले सही राजनीतिक गर्ने भए दुरुपयोग भएको ठाउँमा राजनीतिक गर्न दलहरुलाई सुझाव दिनुभएको छ ।
कार्यक्रममा अन्तराष्ट्रिय जगतमा समेत वार्ता टोलीको सदस्य रहेर गुल्मीको गरिमा वढाएकोमा सभाषद ज्ञवालीलाई दोसल्ला ओडाएर सम्मान गरिएको थियो । त्यस्तै देशको उच्च ओहोदामा पुग्नुभएका गुल्मी वलेटक्सार निवासी प्रधानमन्त्री कार्यालयका सचिव लिलामणी पौडेललाई पनि दोसल्ला ओडाई सम्मान गरिएको थियो । कार्यक्रममा नेपाली काँग्रेस गुल्मीका सभापति चन्द्र वहादुर केसी, नेकपा एमाले गुल्मीका अध्यक्ष वोमवहादुर खड्का, मालेका केन्द्रीय सदस्य ओमप्रकाश शर्मा, राप्रपा नेपालका केन्द्रीय सदस्य श्रवणकुमार नेपाली, पुर्व संसद रुद्रमणी भण्डारी, प्रमुख जिल्ला अधिकारी परशुराम अर्याल, नेपाल पत्रकार महासंघ गुल्मीका अध्यक्ष घनश्याम गौतम, गुल्मी उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णप्रसाद भण्डारी लगायत विभिन्न दलका प्रमुख तथा प्रतिनिधी, विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधी लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
»बाँकी समाचार रिडमोर मा छ »

0 टिप्पणियाँ:

एक टिप्पणी भेजें

यो साईट एती पटक हेरियो

Web Site Hit Tracking

  © @copyright Hamrogulmionline sewa This site has designed and developed by हाम्रोगुल्मी डट कम 2010

you can go माथि जनुहोस