|अबा हाम्रो गुल्मी डोट.कॉम को वेबसाइट बदले को छ . हजूर हरू ले पुरानो वेबसाइट खोल्नु भये को छ भने हजूर हरू संग अनुरोध गरिन्छा की हम्रोगुल्मी को नया वेबसाइट खोल्नुहोस www.hamrogulminews.com एस्मा नया न्यूज़ हरू कविता हरू सब छन .....|| साथै www.hamrogulminews.com हेर्दै गर्नुहोला ।

दुःखी भए देशैभरि

तुलसीराम के सी काठमाडौ, फाल्गुन २२ -
पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको निधनप्रति राष्ट्रपति, प्रधानमन्त्री, राजनीतिक दल, भ्रातृ संगठन, कूटनीतिक नियोग तथा विभिन्न संघ संस्थाले दुःख व्यक्त गरेका छन् । छुट्टाछुट्टै वक्तव्यमार्फत उनीहरूले मुलुकले कर्मशील र राष्ट्रवादी नेता गुमाएको उल्लेख गरेका छन् । राष्ट्रपति रामवरण यादवले भट्टराईको निधनले मर्माहित बनाएको भन्दै सात दशक लामो राजनीतिक जीवनमा उनी सधैं अपराजेय रहेको बताएका छन् । 'भट्टराईले सिद्धान्त र मान्यताविपरीत कहिल्यै कसैसँग सम्झौता गर्नु भएन, उहाँ अहिंसावादी चिन्तन र त्यागका नेपाली प्रतिमूर्ति हुनुहुन्थ्यो, लोकतन्त्रका अथक योद्धा, मौलिक जीवनशैली, स्वच्छ छवि, राष्ट्रवादी व्यवहार वर्तमान र भावी पुस्ताका निम्तिसमेत अनुकरणीय रहने छन्,' शोक वक्तव्यमा यादवले भनेका छन् । यादवले लोकतन्त्रका अभिभावकका रूपमा रहेका भट्टराईको निधनबाट मर्माहित देशवासी र परिवारप्रति समवेदना व्यक्त गरेका छन् ।

प्रधानमन्त्री एवं एमाले अध्यक्ष झलनाथ खनालले भट्टराईको निधनले मुलुकको लोकतान्त्रीकरणको प्रक्रियामा ज्यादै ठूलो र अपूरणीय क्षति भएको बताएका छन् । शोक वक्तव्य निकाल्दै खनालले भट्टराईको दुःखद निधनले आफू स्तब्ध र मर्माहत भएको जनाएका हुन् । लोकतान्त्रिक आन्दोलनका लागि भट्टराईले पुर्‍याएको योगदानको चर्चा गर्दै खनालले अन्तरिम सरकारमा आफू मन्त्री रहेको क्षण स्मरण गरेका छन् । खनालले वक्तव्यमा भनेका छन्, 'उहाँले अन्तरिम सरकारको कुशल र सफल नेतृत्व गर्नुभयो, जुन सरकारमा मैले मन्त्रीको जिम्मेवारी सम्मालेका थिए । त्यस कालमा विकसित भएको उहाँसँगको निकट र सुमधुर सम्बन्ध मेरो स्मृतिमा ताजै छ ।' तत्कालीन परिवेशमा त्रिपक्षीय सम्झौताअनुसार सरकारको नेतृत्व गरेर छोटो अवधिमा संविधान निर्माण र निर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्न चुनौतीपूर्ण कार्य गरेर भट्टराईले ऐतिहासिक सफलता हासिल गरेको प्रधानमन्त्रीले आफ्नो वक्तव्यमा उल्लेख गरेका छन् ।

भट्टराई मौलिक जीवनशैली, निष्ठा र समर्पणका साथै अहिंंसा, शान्ति र लोकतन्त्रका अविराम साधक भएको खनालले बताएका छन् । 'सात दशक लामो राजनीतिक यात्राका क्रममा १० वर्षभन्दा बढी कठोर जेल जीवन बिताउनुपर्दा होस् वा अरू जस्तोसुकै दमन र अवरोधले पनि उहाँलाई झुकाउन र गलाउन सकेनन् । उहाँ आफ्नो उद्देश्य र निष्ठाका धरोहर नै हुनुहुन्थ्यो । राष्ट्र र जनता भट्टराईको यो त्याग र संघर्ष राजनीतिक

जीवन र अतुलनीय योगदानका लागि कृतज्ञ हुनैपर्छ,' उनले भनेका छन् ।

माओवादीले भट्टराईको साङ्गोपाङ्गो मूल्यांकन इतिहासले गर्ने बताएको छ । शान्त, सरल एवं रसिक स्वभावका भट्टराईले परिवर्तनको प्रवाहसित नसुहाउने कतिपय अडान लिएको उल्लेख गर्दै माओवादीले निकालेको शोक वक्तव्यमा भनेको छ, 'एक सय चार वर्ष जहानियाँ राणा शासन र तीस वर्षे पञ्चायती तानाशाहीका विरुद्ध लोकतन्त्रको पक्षमा अविच्छिन्न रूपमा संघर्षरत रहनुभयो । अन्तिम दिनहरूमा उहाँ एकातिर आन्तरिक सत्ता समीकरणमा शक्तिहीन भई राष्ट्रिय राजनीतिबाट निष्त्रिmय हुनुभयो, अर्कातिर परिवर्तनको प्रवाहसित नसुहाउने कतिपय अडान उहाँका कमजोरी रहे । तर, जीवनको अन्तिम घडीसम्म उहाँले आफ्नो विचार निरन्तर निष्ठा एवं समर्पण प्रदर्शन गरिरहनुभयो ।' माओवादीले भट्टराइलाई 'रियलपोलिटिक' भन्दा आध्यात्मिक जीवनदर्शन प्राथमिकता रहेको व्यक्तित्व भनेको छ ।

मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) ले भट्टराईको निधनपछि वर्गीय संगठनको कार्यालय उद्घाटन कार्यक्रम स्थगित गरेको जनाएको छ । माले समाजवादीले लोकतान्त्रिक आन्दोलनलाई क्षति पुगेको वक्तव्यमा उल्लेख छ ।

राप्रपा नेपाल, सद्भावना, नेकपा संयुक्त, समाजवादी पार्टीले जीवनभर प्रजातान्त्रिक मूल्य, मान्यताका योद्धा भट्टराईको निधनले मुलुकले निष्ठावान र लोकपि्रय नेता गुमाएको वक्तव्यमार्फत जनाएका छन् । जनमोर्चा नेपालले पूर्वप्रधानमन्त्रीको निधनप्रति शोक व्यक्त गरेको छ ।

पत्रकार महासंघ केन्द्रीय समितिले भट्टराईको निधनप्रति शोक वक्तव्य जारी गर्दै आइतबारदेखि मंगलबारसम्म कार्यालय बन्द गरी औपचारिक कार्यक्रम नगर्ने भएको छ । भट्टराई महासंघको संस्थापक अध्यक्ष हुन् । महासंघको शनिबार आकस्मिक बसेको बैठकले तेह्रांै पुण्यतिथिसम्म महासंघका कार्यालयहरूमा शोकपुस्तिका राख्ने र एघारौं पुण्यतिथिका दिन मुलुकभर शोक सभा गर्ने निर्णय गरेको छ ।

बार एसोसिएसनले भट्टराईले सुरु गरेको शान्ति र लोकतन्त्रको संस्थागत विकास र जग बनाउन क्रियाशील रहन सबैलाई आग्रह गरेको छ ।

नेपाल प्रेस युनियनले भट्टराईले राजनीतिक मात्र नभई पत्रकारिता क्षेत्रमा योगदान पुर्‍याएको जनाएको छ ।

गणेशमान सिंह अध्ययन प्रतिष्ठान र नेपाल टे्रड युनियन कांग्रेस स्वतन्त्र, कांग्रेस जिल्ला कार्यसमिति काठमाडौं, भक्तपुर, नेपाल डेमोक्र्याटिक लयर्स एसोसिएसन, शान्ति र लोकतन्त्रका लागि साझा अभियानले भट्टराईको निधनले राष्ट्रलाई क्षति पुगेको भन्दै दुःख व्यक्त गरेका छन् । नेपाल विद्यार्थी संघले पाँच दिनसम्म संघको सम्पूर्ण कार्यालय बन्द गर्ने, झन्डा झुकाउने र औपचारिक कार्यक्रम नगर्ने जनाएको छ ।

»बाँकी समाचार रिडमोर मा छ »

0 टिप्पणियाँ:

एक टिप्पणी भेजें

यो साईट एती पटक हेरियो

Web Site Hit Tracking

  © @copyright Hamrogulmionline sewa This site has designed and developed by हाम्रोगुल्मी डट कम 2010

you can go माथि जनुहोस