|अबा हाम्रो गुल्मी डोट.कॉम को वेबसाइट बदले को छ . हजूर हरू ले पुरानो वेबसाइट खोल्नु भये को छ भने हजूर हरू संग अनुरोध गरिन्छा की हम्रोगुल्मी को नया वेबसाइट खोल्नुहोस www.hamrogulminews.com एस्मा नया न्यूज़ हरू कविता हरू सब छन .....|| साथै www.hamrogulminews.com हेर्दै गर्नुहोला ।

टेण्डर किन्न जाँदा तीन घण्टा प्रहरी थुनामा

रोल्पा, चैत्र १२-
जिल्ला प्रशासन भवन निर्माण गर्न खोलिएको टेण्डर खरिद गर्न जिल्ला प्रशासन गएका एक व्यवसायीलाई प्रहरीले तीन घण्टा थुनामा राखेको छ । प्रशासनलाई जथाभावी भनेको आरोपमा एटलस/पूर्ण एण्ड सन्स्/जलजला जे.भीका इश्वरबहादुर पुनलाई प्रहरीले शुक्रबार विनाकारण थुनेको हो । इश्वरले शुक्रबार प्रेस विज्ञप्ति सार्वजनिक गर्दै प्रशासन र प्रहरीले टेण्डर खरिद गर्न नदिएको जनाएका छन् । 'बोलपत्र तयार नभएको र बढी बोलेको भन्दै मलाई थुनियो' उनले उल्लेख गरेका छन् । विहान साढे १० बजे प्रशासन पुगेका पुनलाई प्रहरीले जिल्ला प्रहरी कार्यालय लगेर तीन घण्टापछि छोडेको हो । बोलपत्र सम्बन्धी २४ फागुनको गोरखापत्रमा सूचना छापिएको थियो । सार्वजनिक खरिद ऐन अनुसार कुनै पनि सूचना सार्वजनिक गर्नु अघि नै बोलपत्र तयार पारिसक्नु पर्ने प्रावधान छ ।

स्वतन्त्रपूर्वक बोलपत्र खरिद गर्न नपाएपछि निर्माण व्यवसायीहरु प्रतिस्पर्धा गर्नबाट बञ्चित हुन सक्ने पुनले बताएका छन् । जिल्ला प्रशासन कार्यालयका लागि भवन करिब ४ करोडको लगानीमा निर्माण हुँदैछ । 'स्वतन्त्रपूर्वक बोलपत्र लिन्छु भन्दा मलाई थुनियो' उनले भने, 'यसबाट घोटाला हुन सक्ने प्रशस्त संभावना देखिएको छ ।'

पेशागत सुरक्षाको माग गर्दै उनले यसविरुद्ध जुध्न सबैलाई आग्रह गरेका छन् । टेण्डर खुला रुपमा खरिद गर्न नदिएकाले २२/२३ गते आउनु भनी आलटाल गरेको उनले आरोप लगाए ।

जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक कृष्णप्यारा खरेलले प्रमुख जिल्ला अधिकारीमाथि जथाभावी बोलेकाले नियन्त्रणमा लिएको बताए । 'बोलपत्र तयार नभएको भन्दा पनि उनले जवरजस्ती गरे' प्रनाउ खरेलले भने । बोलपत्र जिल्ला सहरी भवन डिभिजन कार्यालय प्रमुखलाई तयार गर्ने जिम्मा दिएपनि अझै तयार नभएको बताए ।

'तयार पार्न भनेका छौं' उनले भने, 'त्यही भन भन्दा यता टेन्सन बनाएकाले थुन्नु परेको हो ।' केही समय अघि जिल्ला अदालतको टेण्डरमा पनि इश्वरले टेण्डर खसालेर अन्यत्रै गएको प्रनाउ खरेलले बताए ।

पत्रिकामा बोलपत्रको सूचना प्रकाशित भएको १८ औं दिन (शुक्रबार) सम्ममा बोलपत्र किन्न नपाउनु आशंकाको कुरा भएको पुनले विज्ञप्तिमा उल्लेख गरेका छन् । जिम्मेवार अधिकारीले यसरी घोटाला गर्ने प्रयास गरेकाले कारबाही गर्न उनले सरकारसँग माग गरेका छन् । 'दाङ जस्तो होइन, रोल्पामा धाँधली हुँदैन भनी मलाई थर्काउने प्रयास भो । प्रहरीले नियन्त्रणमा लिएपछि मेरो मोबाइल पनि बन्द गरियो' उनले भने ।

प्रशासनमा प्रमुख जिल्ला अधिकारी हरिप्रसाद बास्तोलासँग बादविवाद भइरहेका बेला प्रहरी हवल्दारले पुनलाई नियन्त्रणमा लिएका थिए । डिएसपी साहेवले बोलाउनु भएको छ भन्दै पुनलाई जिल्ला प्रहरी कार्यालय लगिएको थियो । प्रहरी नियन्त्रणमा परेपछि पुनले जिल्लाका निर्माण व्यवसायी र संचारकर्मीलाई फोन गरी जानकारी गराएका थिए ।

केही वर्षयता रोल्पामा टेण्डर भर्ने क्रममा पटक पटक आर्थिक मिलेमतो हुने गरेको छ । दल, प्रशासन, युवा लगायतलाई आर्थिक मिलेमतोमा सहभागी भएको आरोप लाग्दै आएको छ । अघिल्लो वर्ष निर्माणाधीन सहिदमार्ग योजनाको टेण्डरका क्रममा केही पत्रकारलाई समेत ठेकेदारले रकम वितरण गरेका थिए ।

»बाँकी समाचार रिडमोर मा छ »

0 टिप्पणियाँ:

एक टिप्पणी भेजें

यो साईट एती पटक हेरियो

Web Site Hit Tracking

  © @copyright Hamrogulmionline sewa This site has designed and developed by हाम्रोगुल्मी डट कम 2010

you can go माथि जनुहोस