हिंसाको संस्कृति अन्त्य गरः आचार्य
पाल्पा, चैत्र १३ -
नेपाली कांग्रेसका केन्द्रीय सदस्य महेश आचार्यले हतियार र हिंसाको संस्कृतिलाई अन्त्य गर्न आग्रह गरेका छन् । उनले देश र जनताले हत्याहिंसा नभई शान्ति चाहेको बताउदै नेपाली कांग्रेससंगको सहकार्यमा आउन आग्रह गरे । नेपाली कांग्रेस क्षेत्र नं ३ स्याङ्जाले चापाकोटको सुन्तौलीटारमा आयोजना गरेको जागरणसभामा बोल्दै उनले देशका ठूला पार्टी शान्ति प्रक्रिया टुङ्याउने र संविधान निर्माण गर्ने भन्दा पनि सरकार निर्माणमा मात्रै लागेकोमा दुःख व्यक्त गरे । उनले सत्ता कब्जा गर्ने सोच भन्दा पनि शान्ति प्रक्रियालाई टुंगोमा लगाउन आग्रह गरे ।
अर्का केन्द्रीय सदस्य प्रकाशशरण महतले पार्टीको सेना नभए असुरक्षित हुन्छौ भन्ने माओबादीलाई जनताले सिकाउने बेला आएको बताए । उनले राज्यको सेना हुंदाहुदै अन्य सेनाको आवश्यकता नभएको बताए । यस भेगको विकासको लागि सिद्धार्थ राजमार्गको गल्याङ्गदेखि देवघाट र पिपलडाडादेखि गैंडाकोटसम्मको सडकलाई कालोपत्रेगर्नेतर्फ अगाडि बढाउनुपर्नेमा उनले जोड दिए । कार्यक्रममा केन्द्रीय सदस्य धनराज गुरुङ्गले जनताले शान्त प्रक्रियालाई टुंगोमा लैजाने र छिटो भन्दा छिटो नयां संविधान निर्माणमा सरकारले जोडदिनुपर्ने बताए । »बाँकी समाचार रिडमोर मा छ »
0 टिप्पणियाँ:
एक टिप्पणी भेजें