मुलुकको शान्ति प्रकृया र संविधान निर्माणकोजिम्मेवारी माओवादीको कांधमा
कपिल ज्ञवाली/बुटवल १० बैसाख
नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले मुलुकको शान्ति प्रकृया र संविधान निर्माणको सबैभन्दा ठूलो जिम्मेवारी माओवादीको कांधमा रहेको बताउनुभएको छ । उहांले शान्ति प्रकृया टुंगो नलागे माओवादी पतन हुने भन्दै आफ्नो भविष्य सुनिश्चितताका लागि पनि माओवादीले शान्ति र संविधानमा ध्यान केन्द्रित गर्नुपर्ने बताउनुभयो । बुटवलमा आज सञ्चारकर्मीहरुसंग कुरा गर्दै नेतृ कोइरालाले शान्ति प्रकृया टुंगो लागे माओवादी मुलुकको सबैभन्दा बलियो पार्टी बन्ने विश्वास गर्दै , त्यसो भए माओवादी अध्यक्ष प्रचण्ड संसारभरका नेता बन्ने विश्वास ब्यक्त गर्नुभयो । उहांले नेपालको शान्ति प्रकृया र संविधान निर्माणलाई टुंगो लगाउन राष्ट्रिय सहमतिको सरकार जरुरी रहेको उल्लेख गर्नुभयो । माओवादी कांग्रेस,माओवादी एमाले वा एमाले कांग्रेसको मात्र गठबन्धनले मुलुकको समस्या समाधान हुन नसक्ने देखिएकाले कम्तिमा ठूला तीन दलको सहभागितामा सरकार गठन गर्नुपर्ने दावी गर्नुभयो । गिरिजाप्रसाद कोइरालाले मृत्युको मुखमा छंदा पनि हात कमाउंदै सासै स्वासले बोलेर तत्कालिन प्रधानमन्त्री माधबकुमारसंग सहमतिका लागि आब्हान गर्नुभएको स्मरण गर्दै उहांले सर्बपक्षिय सहमति विना कुनै पनि समस्याको समाधान नहुने बताउनुभयो । नेपाली कांग्रेसभित्रको आन्तरिक कलहका कारण मुलुक कमजोर भएको जिकीर गर्दै नेतृ कोइरालाले कांग्रेसलाई कमजोर बनाउन नदिन पार्टीभित्र रहेका आफ्ना अडान छाडेको उल्लेख गर्नुभयो । पार्टीको महाधिबेशनबाट महामन्त्रीमा उम्मेदवारी दिने आफ्नो चाहना सुशिल कोइरालाको आग्रहमा आफुले फिर्ता लिएको र पछिल्लो पटक उपसभापतिमा मनोनित गर्ने प्रस्ताब उहां आफैले राखेपनि पार्टीभित्र कलह सिर्जना हुने देखेर उपसभापतिबाट पनि पछाडि हटेको जिकीर गर्नुभयो ।
»
0 टिप्पणियाँ:
एक टिप्पणी भेजें