कपिलबस्तुका सुरक्षापोष्ट व्यवस्थित नबन्दा स्थानीय वासिन्दा लाई सास्ती
कपिल ज्ञवाली/बुटवल १०, बैसाख
कपिलवस्तु जिल्लाका एकदर्जन अस्थाई सुरक्षापोष्ट लामो समयसम्म व्यवस्थीत हुन नसक्दा स्थानीयवासिन्दाले सरकारी सेवा लिंदा सास्ती भोगेका छन् । २०६४ साल भदौ ३० मा कपिलवस्तुमा भएको हिंशात्मक घटनापछि तत्कालीन अवस्थामा जनताको सुरक्षार्थ भनी राखिएका करिव एक दर्जन अस्थाइ सुरक्षा पोष्ट हालसम्म अयन्त्र स्थानान्तरण नगर्दा स्थानीयले सास्ती पाएका हुन् । गाविस, स्वास्थ्य कार्यालय, हुलाक, खाद्य संस्थानका डिपो लगायतका स्थानमा राखेका शसस्त्र र नेपाल प्रहरीका अस्थाई पोष्ट लामो समयसम्म व्यवस्थीत गर्न सरकारले चांसो देखाएको छैन । जिल्लामा कृयाशिल राजनितिक दल, सुरक्षा अंगका प्रमुख लगायतले समेत अस्थाइ रुपमा राखिएका सुरक्षाकर्मीलाई स्थायी गर्नेतर्फ चांसो नदिंदा भरपर्दो सुरक्षा पाउन नसकेको स्थानीय वासिन्दाको गुनासो छ । मुस्लीम समुदायको बाक्लो उपस्थिती रहेको जिल्लाको राजपुर गाविस लगायतका स्थानमा समेत विगत लामो समयसम्म गाविस कार्यालय, उपस्वास्थ्य चौकी र हुलाक कार्यालयसंगै शसस्त्र प्रहरी सुरक्षा बेसक्याप राखिएकाले आफुहरु डर, त्रासका कारण कार्यालय हाताभित्र गई सेवालिन कठिन भएको मुस्लीम महिलाहरु बताउंछन् ।
»
0 टिप्पणियाँ:
एक टिप्पणी भेजें