गुल्मी महोत्सवमा झन्डै दुई करोडको कारोबार
१० बैशाख, गुल्मी ।
गुल्मी जिल्लाको समग्र विकासको आधार, धार्मिक स्थलको प्रवर्द्धन, पर्यटन, कृषि, उद्योग र व्यापार भन्ने मूल नाराका साथ आइतबारदेखि सुरु भएको प्रथम गुल्मी महोत्सवको पाँचौँ दिनसम्म एक करोड ९४ लाखको आर्थिक कारोबार भएको छ भने ३० हजार बढी दर्शकले महोत्सवको अवलोकन गरेका छन् ।वैशाख ४ गतेदेखि ११ गतेसम्म सञ्चालन हुने महोत्सवको पाँचौँ दिन दर्शकको आकर्षणका रूपमा अचार, नमकिन र ग्यारेन्टीका गरगहना रहेका छन् । महोत्सवमा विकट गाउँ-गाउँबाट महिला, केटाकेटी र विद्यार्थीहरूको उल्लेख्य उपस्थिति रहेको छ ।निर्माण समितिका संयोजक ताराप्रसाद भुसालका अनुसार सदरमुकाम तम्घासमा रहेका ११० स्टलमध्ये अपाङ्ग, घरेलु, कृषि, वन, पुस्तक प्रदर्शनी चित्रकलालगायतका १५ स्टल आयोजकले निशुःल्क रूपमा उपलब्ध गराएको छ । साथै महोत्सवमा कृषि प्रदर्शनी, ढाका कपडा, कुमालेहरूको माटोका भाँडा बनाउने चर्खा, गुल्मीकै हाडहाडेका महिलाको चिउरीको घिउ फेल्ने परम्परागत कोल, गिठीका ठेका, आरी, मदानीजस्ता लोपोन्मुख परम्परागत वस्तु, पिङ, सर्कस दर्शकको आकर्षणका केन्द्र बनेका छन् । »
0 टिप्पणियाँ:
एक टिप्पणी भेजें