कर्मचारीद्वारा अनाथलाई सहयोग
कपिल ज्ञवाली.बुटवल,७ बैसाख
नेपाल निजामति कर्मचारी संगठन रुपन्देहीले आज बुधबार बुटवल जितगढि स्थित बाल कल्याण गृहका बालबालिकालाई शैक्षिक सामग्री र फलफूल बितरण गरेको छ । आफ्नो २२ औं स्थापना दिवसको अवसरमा संगठनले आयोजना गरेको कार्यक्रममा रुपन्देहीका प्रमुख जिल्ला अधिकारी तारानाथ गौतमले बाल गृहमा रहेका २७ जना अनाथ बालबालिकालाई शैक्षिक सामग्री र फलफूल बितरण गर्नुभएको हो । सो अवसरमा मन्तव्य व्यक्त गर्दै प्रजिअ गौतमले अनाथ,असहाय बालबालिकालाई सक्दो सहयोग गर्नु सबैको दायित्व भएकोमा जोड दिनुभयो । साथै उहाले बाल कल्याण गृहमा खानेपानीको अभाव रहेकाले यथासक्य छिटो खानेपानीको आपुर्ति व्यवस्था मिलाउन नगरपालिकालाई आग्रह गर्नुभयो । संगठनका जिल्ला अध्यक्ष मेघदेव पन्तको अध्यक्षतामा भएको कार्यक्रममा संगठनका केन्द्रीय उपाध्यक्ष यज्ञमुर्ति भण्डारी,केन्द्रीय सदस्य डासुराम पाण्डे,टिकाराम अधिकारी,बुटवल नगरपालिकाका सचिव यज्ञप्रसाद भट्टराई, बाल कल्याण गृहका अध्यक्ष राधेश्याम राजभण्डारी,स्वास्थ्य प्राविधिक संघका केन्द्रीय सदस्य भाष्कर आत्रेय लगायतले आआफ्ना धारणा राख्नुभएको थियो । संगठनका जिल्ला उपाध्यक्ष डिजाइन थापाको स्वागत र सचिव नारायणप्रसाद भण्डारीले संचालन गर्नुभएको थियो ।
»
0 टिप्पणियाँ:
एक टिप्पणी भेजें